मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

चेपाङ समुदायमाथि राज्यले अन्याय गरिरहेको छ ः नेता महतो

Nigarani Online 520+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरुवात गरेका नेता राजेन्द्र महतोले चेपाङ समुदायमाथि राज्य सत्ताले अन्याय गरिरहेको बताउनुभएको छ । 

आज मकवानपुरको राक्सिराङमा आयोजित कार्यक्रममा बोल्दै नेता महतो चेपाङ समुदायलाई राज्यको नेतृत्व तहमा पुग्नबाट रोकेर अस्तित्व मेटाउने खेलमा लागिरहेको बताउनुभयो । उहाँले राज्यका पिछडिएका समुदायमाथि राज्यसत्ताले सधैँ अन्याय गरिरहेको बताउनभयो । 

राष्ट्रिय मुक्ति क्रान्ति वृहत सम्बादात्मक कार्यक्रममा बोल्दै नेता महतोले देश अहिले पनि एउटै समुदाय र जाति र वर्गको कब्जामा रहेको भन्दै  राज्यका सबै वर्ग, समुदाय, जनजातिलाई राज्यसञ्चालनको अवसरबाट बञ्चित गराइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ’ महतोले अगाडि थप्नुभयो, – ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु अहिलेको आवश्यकता छ ।’

नेता महतोले अहिले अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताउनुभयो ।

अहिले सबैको पहिचान नै मेटाइदिने काम भइरहेको भन्दै कस्तो देश चलाउने खोजेको हो भन्ने प्रश्न गर्नुभयो । 

यो देश चेपाङसमुदायको पनि हो चेपाङ समुदाको पहिचान किन मेटाउन खोजिँदैछ ? चेपाङ समुदायलाई राज्यसत्तामा किन जान रोकिँदैछ भन्नुभयो । यस विषयमा सचेत नहुने हो भने अहिलेको राज्यसत्ताले चेपाङलगायतका समुदायको हाम्रो पहिचान मेटिदिने बताउनुभयो । 

 उपनिवेश बनाएर शासन चलाउने काम भइरहेको भन्दै नेता महताले औपनिवेशिक चिन्तनबाट शासन चलाउने सीमान्तकृत समुदायलाई दास बनाउने यसरी शासन चलाएर कहिलेसम्म चल्छ ? उहाँले प्रश्न गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार