बिहीबार महायज्ञमा १७ लाख ५७ हजार रूपैयाँ बराबरकाे दान प्राप्त

Nigarani Online 499+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

 मानवसेवा आश्रमले लामसुरेधापमा सञ्चालन गरेकाे महायज्ञमा दाताहरूकाे सहभागिता बढ्दै गएकाे छ । बिहीबार पनि दाताहरूकाे उत्साहजनक उपस्थितिले महायज्ञकाे पण्डालकाे शाेभा झन बढेकाे देखिन्थ्याे । 

हेटाैंडाकाे लामसुरेधापमा चैत १७ गतेदेखि सुरू भएकाे महायज्ञमा बिहीबार १७ लाख ५७ हजार १ सय ८ रूपैयाँ दान प्राप्त मानवसेवा आश्रमकाे वित्त विभागले जनाएकाे छ ।  महायज्ञमा बिहीबार हेटौंडा उपमहानगरपालिका-४ मकवानपुर निवासी मन्जु पौडेल तथा पौडेल बेकरी परिवारले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्दै २ लाख ६१ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे हाे । अक्षयकोष श्रीवृद्धिका लागि नारायणी यातायात व्यवसायी संघ, कार्यसमिति/कर्मचारी परिवारले १ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रदान गरेकाे छ । 

त्यस्तै हाल क्यानाडा निवासी प्रविण जोशी र सुधा जोशी श्रेष्ठले अक्षयकाेषका लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ  दान गर्नुभएकाे छ । त्यस्तै आजीवन वार्षिक भोजनसेवा सहयोगार्थको लागि प्रमिला खतिवडा/प्रकाश खतिवडा/ बुहारी प्रचल खतिवडा/ हाल अमेरिका निवासी नातिनी प्रज्ञा/प्राची खतिवडाले १ लाख ११ हजार १ सय १५ रूपैयाँ याेगदान गर्नुभएकाे हाे। 

बागमती प्रदेशका प्रमुख माननीय दिपक प्रसाद देवकोटाले अक्षयकोष श्रीवृद्धि सहयोगार्थ र वार्षिक भोजनसेवाको लागि ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे हाे । 

अक्षयकोष श्रीवृद्धि  सहयाेगार्थ हेटौंडा उपमहानगरपालिका-९ मकवानपुर निवासी लक्ष्मण दाहाल/तारादेवी दाहालले स्व. डिल्लीनाथ दाहाल र सत्यरुपा दाहालको स्मृतिमा ५१ हजार रूपैयाँ,  विश्वकान्ति कलावती सुमार्गीले ५१ हजार ५ रूपैयाँ दान गर्नुभएकाे हाे ।

महायज्ञमा हेटौंडा उपमहानगरपालिका-९ मकवानपुर निवासी कल्पना भण्डारीले ५० हजार ५ सय ५ रूपैयाँ याेगदान गर्नुभएकाे हाे ।  हेटौंडा उपमहानगरपालिका ४,मकवानपुरस्थित मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघले अक्षयकोष श्रीवृद्धिकाे लागि ३० हजार प्रदान गरेकाे हाे । 

त्यस्तै अक्षयकोष श्रीवृद्धि लागि  हेटौंडा उपमहानगरपालिका-९ मकवानपुर निवासी दुर्गाप्रसाद गेलाल/ठम कुमारी गेलालले १५ हजार १ सय ५ रूपैयाँ, संगीता बर्तौलाले २५ हजार ५ सय ५ रूपैयाँ, भगवान ढकाल/ गीतादेवी ढकालले १५ हजार १ सय ५५ रूपैयाँ, लता खरेल/एकराज खरेलले ५ हजार ५ सय ५५ रूपैयाँ, दिव्यश्वरा चौलागाईले ११ हजार १ सय ११ रूपैयाँ, हरिशरण बर्तौलाले १५ हजार ५ सय ५ रूपैयाँ,  सुशीला गौतम साउदले १५ हजार ५ सय ११ रूपैयाँ, सीता देवी भेटवालले १५ हजार ५ सय ५५ रूपैयाँ, श्री महेन्द्र मा.वि.(शिक्षक तथा कर्मचारी) परिवारले १५ हजार ५ सय ५ रूपैयाँ दान गर्नुभएकाे हाे । 

महायज्ञमा कमला पौडेलले ५ हजार ५ रूपैयाँ, राधेश्वरी दैवले २५ हजार ५ सय रूपैयाँ,  चित्रकुमारी के.सीले १५ हजार १सय ५ रूपैयाँ, प्रतिमा श्रेष्ठले १५ हजार ५ सय ५५ रूपैयाँ, दिपक उप्रेतीले १५ हजार ५ सय ५५ रूपैयाँ, कृष्ण कुमार अग्रवालले २५ हजार ५ सय ५५ रूपैयाँ, उत्तम शर्मा ढकालले १५ हजार, प्रमोद सिंह रानाभाटले २५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे । 

धनमाया पौडेलले ५ हजार ५० रूपैयाँ, रुकमाया सापकोटाले ५ हजार १५ रूपैयाँ, रोहित पोखरेलले ५ हजार २० रूपैयाँ, मन्जु पुडासैनीले ५ हजार १५ रूपैयाँ,देवी अधिकारीले ५ हजार ५ रूपैयाँ, पदमा अधिकारीले १५ हजार ५५ रूपैयाँ, टंक कुमारी घिमिरेले ५ हजार ५ रूपैयाँ,  मधुकर पाण्डे/ माया पाण्डेले ५ हजार ५ रूपैयाँ, धनसानी थिङले ५ हजार ५५ रूपैयाँ, सन्तोष कुँवर (कार्की)/झनक ध्वज कार्की/ डिमोस कार्कीले ५ हजार १ सय ५५ रूपैयाँ, कमला पौडेलले ५ हजार ५ रूपैयाँ, कृष्ण कुमारी सापकोटाले ५ हजार १ सय रूपैयाँ, तिर्थ दासी खड्काले ५ हजार ५ रूपैयाँ, अनुभव/आभ्या पाठकले ५ हजार ५५ रूपैयाँ, सुमन पौडेलले ५ हजार ५ सय ५५ रूपैयाँ, गंगादेवी आचार्यले ५ हजार ५ सय ५५ रूपैयाँ याेगदान गर्नुभएकाे हाे । 

महायज्ञमा हेटौंडा उपमहानगरपालिका-९ मकवानपुरस्थित ओम टोल विकास संस्थाले ३८ हजार २ सय २० रूपैयाँ, हेटौंडा उपमहानगरपालिका-९ मकवानपुरस्थित प्रगति टोल विकास संस्था परिवारले अक्षयकोष श्रीवृद्धिका लागि १७ हजार २ सय ५५ रूपैयाँ, पशुपति टोल विकास संस्थाले १५ हजार ५ सय ५५ रूपैयाँ, मनकामना "ख" देवी माई भजन समूहले ७ हजार १ सय ५५ रूपैयाँ,  जागरुक टोल विकास संस्थाले ८ हजार ५ सय ५ रूपैयाँ,  राई टोल विकास संस्थाले ७ हजार ५ सय ५ रूपैयाँ,  पदम विनायक टोल विकास संस्था (रिजाल टोल)ले ७ हजार ५ रूपैयाँ, शान्ति टोल विकास संस्थाले ८ हजार १ सय ५ रूपैयाँ, झुलुङ्गे पुल टोल विकास संस्थाले १० हजार १ सय ५ रूपैयाँ, मनकामना पार्क टोल विकास संस्थाले ३३ हजार १ सय ५ रूपैयाँ, नवदुर्गा टोल विकास संस्थाले १२ हजार ७ सय ६० रूपैयाँ, बिरेन्द्र नगर टोल विकास समितिले १० हजार १ सय ११ रूपैयाँ,  रक्षादेवी आमा सचेतना समूहले ५ हजार ५ सय ५ रूपैयाँ, सेतीदेवी टोल विकास संस्थाले १० हजार ७ सय ८५ रूपैयाँ, गुडहोम प्रोडक्टस् प्रा.लि.ले ५ हजार १ सय ५ रूपैयाँ, जेष्ठ नागरिक जिल्ला संघले १५ हजार ५५ रूपैयाँ, जनकल्याण टोल विकास संस्थाले १५ हजार ५ रूपैयाँ, मकवानपुर अटो मेकानिक एंड इन्जिनियरिङ एसोसिएसनले ५ हजार ६ सय रूपैयाँ,जल विनायक मुठ्ठीदान समूहले ७ हजार ६ सय ५५ रूपैयाँ, सानोपोखारा चोक टोल विकास संस्थाले १० हजार १ सय ५ रूपैयाँ,  कल्याणटार टोल विकास संस्थाले१ ६ हजार ५ सय ५ रूपैयाँ याेगदान गरेकाे हाे । 

मावसेवा आश्रम मुख्य कार्यालयको क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धिमा गर्ने उद्देश्यले आयोजना गरिएकाे महायज्ञ चैत २४ गतेसम्म सञ्चालन हुनेछ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार