राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन

Nigarani Online 505+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

मकवानपुर जिल्लामा राष्ट्रिय मुक्ति मोर्चा नेपालको जिल्ला समन्वय समिति गठन गरिएको छ । 

हेटौडामा बुधबार भएको भेलाले योगबहादुर ब्लोन तामाङको संयोजकत्वमा समिति गठन गरेको हो । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रिय सदस्य भीम रुम्बा तामाङको विशेष आतिथ्यता तथा तथा राष्ट्रिय मुक्ति पार्टीको युवा दस्ताका महा–सचिव जितु गोले एवम् राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय सदस्य योग बहादुर ब्लोनको उपस्थितिमा भेला भएको हो । 

भेलाले १३ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो । 

समितिमा शुशिला थिङ्; विपल घिसिङ, फुलमाया पाख्रिन, मधुपुलामी मगर, कृष्णबहादुर थिङ, आभोस गोङ्बा, पदमहादुर ब्लोन, विजय लुङ्बा, शुभाष दोङ्ग , सुमन थोकर, सबिना गोले, सुमिना दोङ, सदस्य रहेका छन् । 

त्यसै गरी राष्ट्रिय मुक्ति पार्टी नेपालको वाएल(YIL) राष्ट्रिय युवा संगठन मकवानपुर शुभाष दोङ्ग को अध्यक्षतामा २१ सदस्य कमिटी गठन सम्पन्न भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार