मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

छतिवनमा तीजविशेष कार्यक्रम

Nigarani Online 526+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

 महेन्द्र मावि बकैया तथा झरना साहित्यिक परिवारको संयुक्त आयोजनामा आज छतिवनमा तीजविशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोही विद्यालयका प्राथमिक तह तथा माध्यमिक तहका विद्यार्थीबिच छुट्टाछुट्टै  नृत्य प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा रीतिका माझीको समूह प्रथम, आराध्या बस्नेतको समूह द्वितीय र सोविक्षा थिङको समूह तृतीय भएको थियो । यसै गरी माध्यमिक तहतर्फ सलिना भोम्जनको समूह प्रथम, रेसु जिम्बाको समूह द्वितीय र सुविना श्रेष्ठको समूह तृतीय भएको थियो । विजितहरूले नगद तथा स्टेसनरी पुरस्कारका रूपमा पाएका थिए ।

निर्णायकको भूमिका शिक्षकहरू सम्झना केसी, कल्याण राई तथा दीपा बलले निर्वाह गरेका थिए ।  कार्यक्रममा बकैया-५ की वडाध्यक्ष लक्ष्मी जिम्बा, बकैया-४ का कार्यवाहक वडाध्यक्ष विजय भोलन, कार्यपालिका सदस्य लक्ष्मी माझी, विव्यस अध्यक्ष परशुराम गौतम, नगद पुरस्कार प्रायोजक चन्द्रकुमार राई, पूर्व प्र अ नारायण चापागाईं, झसाप सचिव मसान उपासकलगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन विदुर बोलखेले, स्वागत मन्तव्य निमित्त प्रधानाध्यापक छवि राईले व्यक्त गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले गरेका थिए । कार्यक्रमको सभाध्यक्षता झसापकी उपाध्यक्ष गायत्री रुपाखेतीले गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार