हेटौडा– ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा वंशगोपाल माविका सज्जित लामिछाने प्रथम भएका छन ।
समूहले ५३ औ. विश्व वातावरणको दिवसको अवसरमा सामूदायिक माध्यमिक विद्यालय स्तरीय जलवायु परिवर्तनमा सामुदायिक वनको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा लामिछाने प्रथम भएका हुन । प्रतियोगितामा भानु माविका विशिष्ट बर्तौला द्वितीय र सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछाने मगर तृतीय भएका छन ।
हेटौडा – ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष केशब धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रमेश प्रसाद लामिछाने, सुनिल शिबाकोटी र पूर्णभद्र चौलागाईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा सुनौलो आयआर्जन महिला समूहकी अध्यक्ष पवित्रा रुम्वा, समूहका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष गोमा लामिछाने, सचिब अमुना सापकोटा, कार्यालय सचिव भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थि