नेकपा माओवादी केन्द्रंको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले रामहरि पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा अष्ट घलान, नवराज घलान, रविकुमार प्रधान चयन भएका छन् । यसैगरी सचिवमा माधवप्रसाद घिमिरे, सहसचिव अञ्जु थिङ र औतार गोले रहेका छन् ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोलिटव्युरो सदस्य तथा मन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, वाग्मती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, बागमती प्रदेश सदस्य भीम पाख्रीन, वाग्मती प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, प्रदेश सदस्य तथा हेटौंडा नगर इन्चार्ज विवेक राई प्रदेश परिषद सदस्य भगिरथ नेपाल रामजी, निबन्ध लामा टङ्कबहादुर हिम्डुङ, रामशरण कार्की, नगर अध्यक्ष तीर्थ थापा,नगर उपाध्यक्ष प्रदीप अर्याल,मकवानपुर वाइसिएल सयोजक लवराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम वडा कमिटि अध्यक्ष रामहरि पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।