विपी विचार समाज मकवानपुरले आइतबार हेटौँडामा युवा जनशक्तिको सुनिश्चित भविष्यका लागि राजनीतिक दलहरूको भूमिका विषयक अन्तक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रमका मुख्य वक्ता संघीय सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी हुनुहुन्थ्यो । कार्यक्रम नेपाली कांग्रेसको संयोजनमा भएको थियो तर वक्ताहरू सबै राजनीतिक दलका नेताहरू थिए ।
कार्यक्रममा उपस्थित सबै राजनीतिक दलका वक्ताहरूको चिन्ता देशबाट युवा जनशक्ति पलायन भइरहेकोमा थियो । राजनीतिक दलहरूले युवाहरूका लागि केही गर्न नसकेकको स्वीकारोक्ति उनीहरूको थियो । जब जब वक्ताहरू देशप्रति चिन्ता गर्दै बोल्थे तब तब स्रोताहरूको ताली बज्थ्यो ।
देश दिन प्रतिदिन खाली हुँदै छ । देशका युवा जनशक्ति दिनप्रदिन पलायन भइरहँदा चिन्ता त राजनीतिक दलहका दोस्रो पुस्ताका नेताहरूलाई पनि असाध्यै रहेछ नि । सायद पहिलो पुस्ताका नेताहरू अर्थात भनौँ देशको शासनसत्ताको वागडोर सम्हालेकाहरूलाई यत्तिको चिन्ता होला त ?
कतिपय शीर्ष नेताहरूका भाषण सुन्ने हो भने लाग्छ कमजोरी र गल्ती आम नागरिमा छ । युवाशक्तिमा कमजोरी छ । देशमा कसले कति पारिश्रमिक पाउँछ भन्नेसम्म हेक्का नभएकाहरू देशको नेतृत्व गरिरहेका छन् । उनीहरू लाग्छ यहाँ नागरिक काम नपाएर विदेश गएका होइनन् । यहाँ महँगी, अभाव भएर गएका होइनन् ।
नागरिक स्वदेशको माया नभएर विदेश गएका हुन् भन्ने आफैँ भ्रम छरेर सत्ताको चास्नी डुबिरहनेहरुलाई के थाहा यहाँ महँगी पीडा कस्तो हुन्छ ? यहाँ बेरोजगारीको पीडाले कतिको बिक्षिप्त बनाउँछ भनेर ।
कार्यक्रममा सहभागी वक्ताहरूले धेरै चिन्ता र चासो व्यक्त गरे । उनीहरूले अब देशमा यस्तो निराशाको अवस्थाको चाँडै अन्त्य हुनुपर्ने र गराएरै छाड्नुपर्ने बताए ।
देशमा उत्पादन बढ्न नसककेकोले युवा पलायन भइरहेका हुन् । स्वदेशमा काम गर्ने वातावरण निर्माण गर्न नसकेकाले युवाशक्ति देश बस्न नचाहेका हुन् ।
आज कक्षा १२ उत्तीर्ण गरेपछि स्वदेशमा बस्न नचाहने कारण विश्वविद्यालयहरू खाली भइरहेका छन् ।
देशमा वृद्धवृद्धा मात्र छन् । यहाँ न काम पाइन्छ । यही देशमा बसेर काम गर्छु भन्नेहरूले पनि जागिरका लागि भनसुन गर्नुपर्छ । सोर्सफोर्स लगाउनुपर्छ तर अहिलेका युवाहरू भनसुन र सोर्सफोर्स लगाएर जागिर खानै चाहँदैनन् । वक्ताहरू भन्दै थिए ।
नेताहरूले राजनीतिको लागि मात्र राजनीति गरेको डाक्टर चन्द्र भण्डराीले बताउनुभयो । पाइलैपिच्छे नेताहरुलाई गलत गर्ने छुट नभएको भन्दै उहाँले युवाले परिवर्तन मागे पनि अहिलेको नेतृत्वले कार्यशैली परिवर्तन गर्न नसकेको उहाँले बताउनुभयो ।
भाषणले मात्र देश नचल्ने बताउँदै उहाँले प्राकृतिक स्रोतसाधनलाई अधिकतम प्रयोग गरी मुलुकमा देखा परेको समस्यालाई पार लगाउनुपर्नेमा जोड दिनुभयो । यूवाले परिवर्तन मागे पनि राजनीतिक दलहरुले दिन नसक्नुको कारण नेताहरु अपडेट हुन नसकेको उहाँले बताउनुभयो । हामीले जनतालाई के दियौँं, युवाले के खोजिरहेका छन् त्यतातिर देश हाक्नेहरुको ध्यान नगएको भन्नुहुँदै भौतिक विकास र मानवीय विकासको नियम बुझ्न नसक्नु अहिलेको कमजोरी रहेको बताउनुभयो ।
हरेक पार्टीभित्र देखा परेको गुटले न पार्टी बलियो भयो न सम्बन्ध बढ्यो भन्दै उहाँले गुटको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । नेताहरुले युवाहरुलाई देश फर्कने प्रतिवद्धता व्यक्त गर्न नसक्दा दिनहुँ विदेशिने यूवाहरुको लर्को लाग्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । विश्वमै राम्रो र समावेशी संविधान नेपालको रहेको बताउँदै यति राम्रो संविधान बनाउने नेतृत्वहरुले कामचाहीँ किन राम्रो गर्न सकेनन् भनी औल्याउनु भयो । कमिशन र घुसखेरीले देश बिग्रको भन्दै निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य प्रह्लाद लामिछानेले देशमा युवालाई काम गर्ने वातावरण बनाउन ढिला भसकेको बताउनुभयो । अहिलेका नेताहरूबाट युवा पुस्ताले कुनै आशा र विश्वास नराखेकाले युवा पुस्तालाई जतिसक्दो चाँडो राजनीति हस्तान्तरण गनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति धर्मराज लामिछानेले कृषिमा उत्पादन बढाउने नीति ल्याउनुपर्ने, स्वदेशमा काम गर्ने र उद्यम गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।
नेकपा समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले नागरिकलाई देखाइएको सपना पूरा गर्न नसक्दा र लोकतन्त्र र गाणतन्त्रको मर्म अनुरुप काम हुन नसक्दा निराशा फैलिएको बताउनुभयो ।