जितपुरसिमरा उपमहानगरपालिका वडा नं १४मा अवस्थित साना किसान शिक्षा सदनमा स्कूलमा अध्यापनरत शिक्षकहरुलाई अमेरिकन एम्बेसी रिजनल इङ्ग्लिश ल्याङवेज अफिसद्वारा प्रदान गरिएको बोर्ड गेम सम्बन्धी प्रशिक्षक विवश जंग थापाले प्रशिक्षण दिएका छन् ।
प्रशिक्षक थापाले १७ जना शिक्षकहरूलाई बोर्ड गेम प्रदान गरी प्रशिक्षण दिएका हुन । शिक्षकहरु लाई विभिन्न समूहमा राखेर , विषयगत प्रश्न बनाई अतिरिक्त क्रियाकलापहरू समेत समावेश गरी सहजीकरण गरिएको थियो । सबै उमेर समूह र विभिन्न क्षमता भएका बालबालिकालाई मध्येनजर गर्दै , खेल सम्बन्धी सहजीकरण गरिएको हो । कक्षाकोठामा बालबालिका लाई खेलद्वारा शिक्षण सिकाइ गर्दा रुचिकर हुने र सिकाई समेत दिगो र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक चन्द्रिका पन्तले जानकारी गराउनु भयो ।
कार्यक्रममा विभूति एजुकेसन नेटवर्क का डाइरेक्टर श्याम प्रसाद भट्टराई र प्रशिक्षक भोजराज सुवेदी समेतको उपस्थित रहेको थियो
बोर्ड गेम प्रभावकारी हुने जस्तो लाग्यो। भविष्यमा यस्तो प्रशिक्षणमा हामीलाई पनि सहभागी गराउन सकिन्छ कि?
Great work