नेपाल शिक्षक संघ मकवानपुरले शनिबार हेटौँडामा शैक्षिक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
मकवानपुर जिल्लाका सबै स्थानीय तहका शिक्षक संघ, महासंघ तथा ट्रेडका पदाधिकारी र सदस्यहरूका लागि आयोजित प्रशिक्षणमा नेपाल शिक्षक संघका नि–वर्तमान संघीय वरिष्ठ उपाध्यक्ष एप पी भुसालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश हुमागाईको सभाध्यक्ष तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापती तथा प्रदेश माननीय ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघका नि–वर्तमान संघीय वरिष्ठ उपाध्यक्ष एम पी भुसाल, नेपाल शिक्षक संघ बागमती प्रदेश अध्यक्ष दिपक सिम्खडा, नेपाली काङ्ग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेपाल शिक्षक संघ संघीय सदस्य रामकुमार अधिकारी, नेपाल शिक्षक संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौलालगायतको आतिथ्यता रहेको थियो ।
नेपाल शिक्षक संघ मकवानपुरका तथा दशै स्थानीय तहका संघ, महासङ्घ तथा ट्रेडका पदाधिकारी एवम् सम्पूर्ण सदस्यहरुलाई शैक्षिक एवम् पेशागत अभिबृद्धि तालिम प्रदान गरिएको थियो ।
नेपाल शिक्षक संघ मकवानपुर महिला उपाध्यक्ष उमा कोइरालाबाट स्वागत मन्तव्य रखिएको कार्यक्रम, शिक्षक संघ मकवानपुर सचिब श्रीराम लुइँटेलले सञ्चालन गर्नु भएको थियो ।