मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार

Nigarani Online 526+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

राष्ट्रिय परिचयपत्र सेवामा दिनप्रतिदिन बढ्दो चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा समय विस्तार गरेको छ।

कार्यालयका अनुसार आगामी जेठ २६ गतेदेखि राष्ट्रिय परिचयपत्र शाखा बिहान ७ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म खुला रहनेछ। यस निर्णयले विवरण दर्ता गराउन आउने वा तयार भइसकेको परिचयपत्र लिन आउने सेवाग्राहीहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयको सीमित जनशक्ति तथा सेवाग्राहीको चापको सन्तुलन मिलाउन सेवा समय लम्ब्याउने निर्णय लिएको हो। सेवाग्राहीहरूले यस नयाँ समयतालिका अनुसार सेवा लिने तयारी गर्न कार्यालयले अनुरोध गरेको छ।

प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रभावकारी र छिटोछरितो बनाउन यो व्यवस्था गरिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार