राज्यको उपेक्षामा बाराको टागियाबस्ती

Nigarani Online 318+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

बारा जिल्लाको जितपुर सिमरा नगरपालिका वडा नम्बर १६ टाँगियाबस्ती अहिले राज्यको उपेक्षामा परेको छ । सबैको अपहेलना र तिस्कारको क्षेत्र बनेको छ । राज्यले ठुला सपना देखाएर अन्धकार बाँच्न विवश बनाएको क्षेत्र हो टागियाँबस्ती । 

देशमा शासन व्यवस्थामा परिवर्तन त भयो तर शासकीय प्रवृत्तिमा कहिल्यै परिवर्तन हुन सकेन । यसैको कारण अहिले पनि टाँगियाबस्ती राणाशासन र पञ्चायतकालीन नियति भोगिरहेको छ । 

यहाँका नागरिकलाई लोकतन्त्र र गणतन्त्र आएको आभाष निर्वाचनका वेलामा मात्र हुने गर्छ । किनकि लोकतन्त्रका नटवरलालहरू यहाँका नागरिक प्रयोग गर्छन् र शासनको वागडोर सम्हाल्ने ठाउँमा पुग्छन् । 

 सो क्षेत्र ओझेलमा पर्नुको कारण हो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । सरकारले निजगढ विमानस्थल बनाउने नाममा यहाँका नागरिकमाथि चरम अन्याय गरिहेको छ । यहाँका नागरिकलाई न्यूनतम आवश्यकताबाट बञ्चित गराइरहेको छ । 

 २०३१ सालतिर यस क्षेत्रका पुराना रुखहरू कटान गरी नयाँ बिरुवा रोप्न र संरक्षण गर्नका लागि करिब ५८ परिवारको बसोबास गराइयो र टागिया बस्ती नाम दिइयो । फिनल्यान्ड सरकारको सहयोगमा पुराना रुख कटान गरी पुनः वृक्षारोपण गर्नका लागि पश्चिम पहाडबाट ल्याएर अस्थायी बसोबास गराइएका उनीहरुले वृक्षरोपण पश्चात संरक्षण र त्यही बस्तीमा खेतीपाती गरी गुजारा चलाउन थाले । राज्यले दिने आधारभूत सेवा सुविधाबाट बन्चित बनेका उनीहरुलाई बिस्तारै सरकारले आफ्ना समस्या बुझ्ला भन्ने आशा थियो तर २०५१ सालमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य विकल्पका रूपमा बारा जिल्लालाई नै रोजेपछि यहाँ विकासका सबै कामहरू ठप्प भएका छन् । यो राज्यले विकासका नाममा नागरिकमाथि गरेको चरम अन्याय हो ।

‘कि हामीलाई नेपाली जनता नै होइन भन्नुप¥यो । न फोन छ, न राम्रो बाटोघाटो छ । हामी अन्धरकारमा जिइरहेका छौँ’ स्थानीय तिलक मोक्तानले भने । 

 खानेपानी विद्यालय र स्वास्थ्य सेवा जस्ता सामान्य तर अत्यावश्यकीय पूर्वाधारसमेत राज्यले निर्माण गरिदिएको छैन । 

 जसका कारण विगत चार दशकदेखि बसोबासमा रहेका उनीहरु विमानस्थल निर्माणका नाममा २५ वर्षदेखि राज्यको चरम शोषणमा परेका छन् । विकासका कार्यमा बाधा नपु¥याउन बस्ती छोड्न तयार रहेको भएपनि सरकारले हालसम्म अपहेलना मात्रै गरेको र स्थानान्तरणको व्यवस्था समेत नगरेको तिलक मोक्तानले बताउनुभयो । 

राज्यले पशु जस्तो व्यापार गरेको भन्दै मोक्तानले कि छिटो स्थानान्तरण कि आवश्यक सेवा सुविधा दिनुपर्ने बताउनुभयो । 

सरकारले ८० वर्ग किलोमिटर क्षेत्रफलमा विमानस्थल निर्माणको निर्णय त गर्यो तर हालसम्म कस्तो विमानस्थल बनाउने भन्ने तय गरेको छैन । 

यहाँका बासिन्दाले न राम्रो बाटो प्रयोग गर्न पाएका छन् न शिक्षा स्वास्थ्य, खानेपानीलगायतको सुविधा नै छ । अहिले स्थानीय निर्वाचनपछि पानीको समाधान भयो यस क्षेत्रका विकासका लागि बारम्बार ज्ञापन पत्रहरू बुझाइरहे पनि सुनुवाइ भएको छैन । 

यहाँ विकासका कुनै सुविधा नभएका र जर्जर अवस्थामा रहेको छ । आफूहरुलाई भोट बैङ्कका रूपमा मात्र प्रयोग गरिरहेको मोक्तानको भनाइ छ । 

देशलाई दश वर्षमा स्विजरल्यान्ड बनाउँछु भनेर गुड्डी हाँक्नेहरू अहिले सत्ताामा छन् तर देशका नागरिकमाथिको विभेद यथावत् छ । भूगोलमाथिको भेदभाव जहीँको तहीँ छ । टागियाँबस्ती जस्ता क्षेत्रले कहिले सुखको सास फेर्न पाउने ? यहाँका नागरिकले कहिले नौलो सपना अनुभूति गर्न पाउने  ?  तत्काल यो बस्तीका नागरिकलाई उचित स्थानमा स्थानान्तरण गरियो कि यहाँ विकासका कामहरू तत्काल सुचार होस् । 


प्रतिक्रिया

uddav sunar १० माघ २०८०, बुधवार

अलिधेरै लेख्नु भयकाे भयहुने थियाे।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार