मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

कुष्माण्ड सरोवरमा लाग्ने एक महिने मकर मेला लोकप्रिय हुँदै

Nigarani Online 520+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

कुष्माण्ड सरोवर त्रिवेणी धाममा हरेक वर्ष लाग्ने एक महिने मकर मेला अहिले लोकप्रिय हुँदै गइरहेको छ । विगतका वर्षहरूको तुलनामा यस वर्षको मकर मेलामा देशका विभिन्न भागबाट दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहेको त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो । 

यस वर्षको मेलामा चितवन, नवलपरासी, गोर्खा, बारा, पर्सा, रौतहट,काठमाडौँलगायतका जिल्लाहरूबाट दर्शनार्थीहरू दर्शनका लागि आएका थिए । 

पौष मसान्तबाट सुरु भई माघ मसान्तसम्म चलेको मेलामा करिब १ लाख ५० हजार भक्तजनहरूले दर्शन गरेका छन् । कुष्माण्ड सरोवर, पार्क तथा शिशमहलको अवलोकनका लागि ५१ हजारभन्दा बढीले टिकट काटेर प्रवेश गरेका थिए ।  सोही अवधिमा अन्य हजारौँ दर्शनार्थीहरूले पनि निःशुल्क सो स्थानको अवलोकन गरेका थिए । यस धाममा शिशमहल अवलोकनका लागि भने शुल्कको व्यवस्था गरिएको छ । 

माघ महिनाभर श्रीमद्भागवत महापुराण, सामूहिक व्रतबन्ध तथा एक सय आठ गौमुखी धारामा स्नान गर्नका लागि भक्तजनहरू आएका थिए । यस वर्षको माघ महिनामा मात्र १२६ जनाको समूहिक व्रतबन्ध गरिएको छ ।   

यसैगरी शिशमहल, कुष्माण्ड सरोवर पार्क लगायतका क्षेत्रको अवलोकनका लागि पनि अहिले दर्शनार्थीहरू आउने क्रम बढ्दै गइरहेको छ । विगतका तुलनामा अहिले प्रचारप्रसार भएका कारण पनि दर्शनार्थीहरू आउनेक्रम बढेको त्रिवेणी धाम विकास समितिले जानकारी दिएको छ । 

यस वर्षको एक महिनासम्म चलेको मेलामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का विभिन्न टोलविकास समितिहरूले सहयोग गरेका थिए । विगतका वर्षहरूदेखि नै टोल विकास समतिले पालैपालो मेलामा सहयोग गर्दै आइरहेका छन् । भक्तजनहरूलाई प्रसादी वितरण गर्ने तथा मेलाका लागि अन्य आवश्यक सबै प्रकारका सहयोग टोल विकास समितिहरूले गरेको समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो । 

समितिका अध्यक्ष न्यौपानेले एक महिनाभर मेलामा खट्नुहुने कार्यसमितिका पदाधिकारी, गुरु पण्डितज्यूहरू, भजन गाउनुहुने कलाकर्मीहरू तथा टोल विकास समितिहरूलाई धन्यवाद दिनुभएको छ । 

यस धार्मिक तथा पर्यटकीय क्षेत्रमा अहिले मोनो रेलसहितको बाल उद्यान निर्माणको क्रममा रहेको छ भने निकट भविष्यमै वेदविद्यालय पनि सञ्चालन गर्ने समितिको योजना रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार