चौतारी यातायात सेवा प्रालिको नयाँ सेवा सुभारम्भ

Nigarani Online 433+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

चौतारी यातायात सेवा प्रालिले आजदेखि वीरगञ्जदेखि नारायणघाटसम्मको विद्युतीय सवारीको नयाँ सेवा सुरु गरेको छ ।  

प्रालिले वीरगन्जदेखि हेटौँडा हुँदै नारायणघाटसम्मको सेवा सुरु गरेको हो । आज भएको उदघाटन कार्यक्रममा समाजसेवी लालबाबु पाण्डे, देवलाल थिङ, चौतारी यातायात सेवा प्रालिको फिल्ड इन्चार्ज सुक्रम खड्की, वरिष्ठ प्रहरी नायव निरीक्षक लकिव अन्सारी, चौतारी यातायात सेवा प्रालिका वीरगञ्ज शाखा प्रमुख सुरेश साह कानु, वीरगञ्ज इन्चार्ज विशाल साह कानु, प्रहरी जवान जयकुमार यादव र पप्पुकुमार यादव, सञ्चारकर्मी यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो । 

१० सिट भएको विद्युतीय (इभी) यातायात सञ्चालन भएको हो । प्रालिले वृद्ध अशक्तलाई राज्यको नियमानुसार छुट दिने फिल्ड इन्चार्ज सुक्रम खड्कीले बताएका छन् । 


प्रतिक्रिया

Sudama ram २ कार्तिक २०८१, शुक्रबार

Good luck

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार