मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

गाउंपालिकाका अध्यक्षले अन्धाधुन्ध चलाएको गाडी दुर्घटनामा

Nigarani Online 450+ समाचार ( )
११ पौष २०८०, बुधवार

नुवाकोटको व्यस्त ढुंगेबजारमा एक गाउंपालिकाका अध्यक्षले चलाएको गाडी दुर्घटनामा परेको छ । व्यस्त सडकमा गाउंपालिकाको सेतो नम्वर प्लेटको गाडीले अन्धाधुन्ध मानिस तथा गाडीलाई ठक्कर दिंदै दुर्घटनामा परेको हो ।

पासाङल्हामु मार्गअन्तर्गत विदुर–ढुंगे सडकखण्डमा रहेको विदुर नगरपालिका(१ ढुंगेवजारमा मंगलवार वा२झ ३७८७ नम्वरको स्कोर्पियो गाडीले अनियन्त्रित भई ठक्कर दिंदा एक महिलासहित चार जना घाइते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार ५० मिटर परैदेखि अनियन्त्रित हुँदै आएको सो सरकारी गाडीले पैदलयात्री, मोटसाइकल र दुई वटा गाडीलाई ठक्कर दिएको हो ।

आमाछोदिङ्मो गाउँपालिका रसुवाको सो गाडीले ठक्कर दिंदा पैदल हिडिरहेका नुवाकोटको म्यागङ गापा ६ का ३० वर्षिय वीरवहादुर तामाङ, रोकिरहेको वा६१प ३९६१ नं।को मोटरसाइकललाई ठक्कर दिदा प्रेमनाथ लामिछाने, घाम तापिरहेकी विदुर १ ढुंगेवजारकी २९ वर्षिया विमला ढकाल र सोही स्थानका ३२ वर्षिय उमेश थपलिया घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै स्थानीयले उद्धार गरि घाइतेहरुलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगेका थिए ।

घाइतेमध्ये गम्भीर रहेका वीरवहादुर तामाङलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । अन्यको त्रिशूलीमा उपचार भइरहेको छ । दुर्घटनाका समयमा सो सरकारी गाडी आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष ३५ वर्षिय वुचुङ तामाङ आफैंले गुडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार