माध्यमिक शिक्षा परीक्षा (एसईई) नहटाउन राष्ट्रिय परीक्षा बोर्डकाे सुझाव

Nigarani Online 433+ समाचार ( )
२६ पौष २०८०, बिहीबार


प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गरिरहेको छ । विभिन्न सरोकारवालाहरूसँग समितिले छलफललाई तीव्रता दिएको हो । 

संसदको आगामी अधिवेशनबाट  विद्यालय शिक्षा विधेयक पारित गराउने उद्देश्यसहित अहिले समितिले छलफल गरिरहेको हो । यसैक्रममा आज राष्ट्रिय परीक्षाबोर्ड र पाठ्यक्रम विकास केन्द्रसँग छलफल ग¥यो । बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताउनुभयो । 


उहाँले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीहरुको गुणस्तर खस्किने बताउनुभयो ।

यसअघि भएको छलफलमा पनि सांसदहरूले कक्षा १० को परीक्षा हटाउन नहुने सुझाव दिएका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार