वाइसिएल हेटौँडाद्वारा सहिद परिवार सम्मान

Nigarani Online 505+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार


१७ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरमा ४ सहिद परिवारलाई सम्मान गरिएको छ 

योङ कम्युनिष्ट लिग (वाईसीएल) हेटौँडा उपमहानगर कमिटीको आयोजनामा जनयुद्धका क्रममा सहिद भएका हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का ४ सहिदका परिवारलाई नगद ३ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको वाइसीएल हेटौँडा उपमहानगर अध्यक्ष मदन उप्रेतीले बताए ।

मंगलबार बिहान सम्पन्न सम्मान कार्यक्रममा उपमहानगर अध्यक्ष उप्रेतीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि गौतमले सहिदको सपना पूरा गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताए । उनले गणतन्त्र स्थापनामा सहिदको भूमिका महत्वपूर्ण रहेका बताए ।

सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, हेटौँडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर, वाइसिएल जिल्ला संयोजक लवराज ठकुरी, जिल्ला सचिव मुक्ति लामा लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार