मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

प्रगति माविमा राष्ट्रिय निर्वाचनकै झल्को दिने निर्वाचन
प्रगति माविको विद्यालय क्याप्टेनमा क्रिन्ची यादव निर्वाचित

Nigarani Online 526+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

हेटौँडा ९ स्थित प्रगति माविको विद्यालय क्याप्टेनमा कक्षा १० का क्रिन्ची यादव निर्वाचित भएका छन् । राष्ट्रिय निर्वाचनकै शैलीमा विद्यालयमा शुक्रबार भएको निर्वाचनमा उनले १८१ मत ल्याएर निर्वाचित भएका हुन् । यसैगरी छात्रातर्फबाट कक्षा १० कै कृज्मा अर्याल सहक्याप्टेनमा निर्वाचित भएकी छिन् । उनले १३२ मत ल्याएर सहक्याप्टेनमा विजयी भएकी हुन् । 

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गरेको निर्वाचनमा ५८० जना विद्यार्थी मतदानमा सहभागिता जनाएका थिए । एक जना क्याप्टेन र एक जना सहक्याप्टेन पदका लागि ११ जनाको उम्मेद्वारी परेको थियो । यसैगरी हाउस क्याप्टेन पनि निर्वाचनकै माध्यमबाट छनोट गरिएको छ । रेड हाउसबाट युनिष्का खनाल विजयी भइन् भने ब्लु हाउसबाट रन्जित साह कलवार विजयी भए । यसैगरी एलो हाउसबाट जिज्ञासा र ग्रिन हाउसबाट गोलु सिंह विजयी भएका छन् । उनीहरुलाई सोही हाउसका विद्यार्थीहरुले मात्र मत दिएका थिए । सोही क्रममा मतदानकै माध्यमबाट कक्षा मनिटर पनि चयन गरिएको छ ।   

प्रगति माविमा शुक्रबार राष्ट्रियस्तरको निर्वाचनकै झल्को दिने गरी निर्वाचन गरिएको थियो । निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण सामग्री सहयोग गरेको थियो । निर्वाचनका लागि माधव प्रसाद गौतमको संयोजकत्वमा निर्वाचन समिति नै गठन गरिएको थियो । शिक्षकहरुलाई मतदान अधिकृत, सहायक मतदान अधिकृत बनाई निर्वाचन गराइएको थियो । हरेक कक्षा र सेक्सनका लागि छुट्टाछुट्टै मतदान गर्न बुथको व्यवस्था गरिएको थियो । 

कक्षा ६ देखि १० सम्मका गरी १५ ओटा सेक्सनका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको थियो । 

विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका ज्ञान दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । विद्यार्थीहरूले निर्वाचन प्रक्रियामा अत्यन्तै उत्साहपूर्ण ढंगले सहभागिता जनाएका थिए । सो निर्वाचन प्रक्रियामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने तथा सदस्यहरु नवराज कोइराला, भगवान राना, शिक्षक अभिभावक संघका अध्यक्ष राजु गौतमलगायतले सहयोग गर्नुभएको थियो । 

विद्यालयले पछिल्लो समय नयाँ योजनाका साथ शैक्षिक गतिविधिहरू सञ्चालन गरिरहेको थियो । गत वर्षको एसइई परीक्षामा जिल्ला प्रथम भएको विद्यालयले आगामी वर्षहरुमा पनि यस निरन्तरता दिने योजना रहेको विद्यालय प्रशासनले जनाएको छ । पछिल्लो समय प्रगति माविमा विद्यार्थीहरुको आकर्षण बढिरहेको छ । यस वर्ष मात्र विद्यालयमा ३ सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । यस विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अंग्रेजी र नेपाली माध्यमबाट अध्यापन हुँदै आइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै