मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

१५९ जनाको मोतिबिन्दुको शल्यक्रिया सम्पन्न

Nigarani Online 520+ समाचार ( )
२ पौष २०८०, सोमबार

रोटरी क्लब अफ हेटौडा र रोट्र्याक्ट क्लब अफ हेटौँडाले गरेको निशुल्क आँखा शिविर आज सकिएको छ । 

हेटौडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा मङ्सिर २७ गतेदेखि  सुरू भएको निःशुल्क आँखा शिबिर तथा मोतिबिन्दुको शल्यक्रिया कार्यक्रम आज सम्पन्न भएको हो । 

सो आँखा शिविरबाट १ सय ५९ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । आँखा शिविर मकवानपुर, बारा, चितवन र रौतहट जिल्लाका विभिन्न ६ स्थानमा आयोजना गरिएको थियो । 

 शिविरमा १ हजार ३ सय ७८ जनाको आँखा परिक्षण गरिएकोमा १५९ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको क्लबका सचिब किशोर पराजुलीले बताउनुभयो ।

 क्लबको नियमित कार्यक्रमको रूपमा बिगत १५ वर्षदेखि नियमित रूपमा वर्षको दुईपटक आयोजना गरिने यस आँखा शिविरको लागि तास्मानिया, अस्ट्रेलियाका रोटरी क्लबहरुबाट सहयोग प्राप्त रहेको सचिव पराजुलीले बताउनुभयो ।

 रोटरी क्लब अफ हेटौडाले सङ्स्थाको स्थापनाकालदेखि नै स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सामाजिक कार्य गर्दै आइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार