नगरस्तरीय शैक्षिक समन्वय समिति हेटाैंडाकाे अायाेजनामा हेटाैंडा नगरक्षेत्रभित्रका २१ वटा माद्यमिक विद्यालयहरूकाे सहभागितामा माद्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भयाे । उक्त स्पर्धा छनाेट राउण्ड र प्रतिस्पर्धा राउण्ड गरी २ चरणमा सम्पन्न भएकाे कुरा नगरस्तरीय शैक्षिक समन्वय समितिका अतिरिक्त क्रियाकलाप संयाेजक बालकुमार श्रेष्ठले बताउनुभयाे ।
समितिका अध्यक्ष भाेगेन्द्र लुइँटेलकाे सभाध्यक्षता, हेटाैंडा उपमहानगरपालिकाका सामाजिक विकास संयाेजक रामकृष्ण काेइरालकाे प्रमुख अातिथ्यता तथा शिक्षा विकास महाशाखाका प्रमुख सीताराम काेइराला र जनप्रिय मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माेहन बस्ताकाेटीकाे विशेष अातिथ्यता तथा पत्रकार रूपक कालिराज, सुनिल गाैतम, विद्यालय अभिभावक संघका अध्यक्ष गिताप्रसाद दाहाल, हेटाैंडा उपमहानगरपािलका शिक्षा विकास महाशाखाका अधिकृत हरिश्चन्द्र सापकाेटा लगायतकाे अातिथ्यतामा उद्धाटन समाराेह भएकाे थियाे ।
हाजिरीजवाफकाे छनाेट राउण्डबाट प्रतिस्पर्धा राउण्डमा सिद्धार्थ मा.वि., अाधुनिक राष्ट्रिय मा.वि., जनप्रिय मा. वि, महेन्द्र मा.वि., बालबाेध मा.वि., भुटनदेवी मा.वि., ज्याेति मा.वि. र बालज्याेति मा.वि. गरी ८ विद्यालयले प्रवेश गरेका थिए । प्रतिस्पर्धाकाे पनि ५ वटा राउण्डहरू जेनेरल राउण्ड, मिक्स ब्याग राउण्ड, अडियाे भिजुअल राउण्ड र र्यापिड फायर राउण्ड गरी ५ चरणमा अतिरिक्त क्रियाकलाप सञ्चालन टिमका मुकेश मिश्र, बालकुमार श्रेष्ठ र पुर्णचन्द्र काफ्लेले हाजिरीजवाफ खेलाउनुभएकाे थियाे ।
प्रतिस्पर्धात्मक राउण्डमा ज्याेति मा.वि. ४५ अंक ल्याएर प्रथम भयाे र नगद रू.७००० काे पुरस्कार जित्याे भने ३५ अंक ल्याउने सिद्धार्थ मा.वि., अाधुनिक राष्ट्रय मा.वि., बालबाेध मा.वि. र जनप्रिय मा.वि.बिचकाे राेचक प्रतिस्पर्धाकासाथ बालबाेध मा.वि. दाेस्राे हुँदै रू. ५,००० सहित प्रमाण पत्र र जनप्रिय मा.वि. तेस्राे हुँदै रू. ३,००० नगद र प्रमाणपत्र जित्न सफल भए ।
कार्यक्रममा सबै सहभागी विद्यार्थीहरूलाइ प्रमाण पत्रकाे व्यवस्था थियाे । नगद पुरस्कारकाे साैजन्य रिडमाेर पब्लिशर तथा डिस्ट्रिब्यूटर्स, काठमाण्डाै, हाम्राे पत्रपत्रिका सेन्टर, हेटाैंडा ४, विद्यार्थी पुस्तक पसल, हेटाैंडा ४, मातृभूमी प्रिन्टिङ प्रेस (छापाखाना), हेटाैंडा २ ले गरेका थिए । सहभागीहरूलाइ खाजा खर्चकाे प्रायाेजन १६ नं. वडाका वडाध्यक्षले व्यक्तिगत रूपमा गर्नुभयाे ।
कार्यक्रममा याे सहभागितालाइ धेरै भब्यतापुर्वक अायाेजना गरेकाे र यसले विद्यार्थीकाे पढाइलाइ निकै सहयाेग पुग्ने कुरा प्रमुख अतिथि रामकृष्ण काेइरालाले बताउनुभयाे । त्यस्तै शिक्षा विकास महाशाखाका प्रमुख सिताराम काेइरालाले नगरस्तरीय शैक्षिक समन्वय समितिकाे कार्यक्रमकाे प्रशंसा गर्दै यसलाइ निरन्तरता दिन अनुराेध गर्नुभयाे ।