जिल्ला युवा समिति,मकवानपुरले लागुपदार्थ दुव्यर्सनी सम्बन्धी सचेतना तालिम आयाेजना गरेको छ ।
कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समवन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले लागू पदार्थ दुव्र्यसनी न्यूनीकरण,रोकथाम सचेतना कार्यक्रम र जन चेतनामुलक कार्यक्रम रहेको हुँदा विद्यार्थी भाइबहिनीहरुले आफ्नो गाउँ टोल समाजमा यस्ता गतिविधिमा लागेको मानिसहरुलाई सम्झाइ बुझाइ गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वाग्मती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईं यस्ता जनचेतनामुलक कार्यक्रमले लागुपदार्थको दुव्यर्सनलाई रोकथाम गर्न सहयोग पुग्ने भएको सबैले गम्भरि रुपमा लिनुपर्ने बताउनुभयो ।
समाजमा अहिले अत्यधिक युवाहरु लागुपदार्थ दुर्व्यसनीमा फसिरहेका छन् त्यसैले यस तालिम पश्चात विभिन्न माध्यमबाट दुर्व्यसनीमा फसिरहेको युवाहरुलाई कसरी नियन्त्रण गराउन सकिन्छ भन्ने तिर लाग्नपर्ने बताउनुभयो ।
जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिनले शुभकामना मन्तव्य राख्दै युवाहरुले लागुपदार्थ दुर्व्यसनी सम्बन्धी आज तालिम सिकेर जाँदै गर्दा सन्देश मूलक सुचना प्रवाह गर्ने र समाजमा भएको विकृति र विसङ्गति विषयमा जोडदार रुपमा लाग्नुपर्ने समेत बताउनुभयो । जिल्ला युवा समिति, मकवानपुर द्वारा लागुपदार्थ दुर्व्यसनी समन्धी सचेतना तालिम कार्यक्रममा
सभाध्यक्ष सुमन पाख्रीन जिल्ला युवा समिति मकवानपुर अध्यक्ष, प्रमुख अतिथि ललित बहादुर घलान जिल्ला समवन्वय समिति मकवानपुर प्रमुख, विशिष्ट अतिथि सन्तोष चौलागाईं कार्यकारी उपाध्यक्ष युवा परिषद बागमती, अतिथि प्रकाश सिम्खडा बरिस्ठ सइसाप(प्रशिक्षक), अनिल बल(प्रशिक्षक),छोईसाङ लामा स्ववियु सभापति मकवानपुर बहुमुखि क्याम्पस, दिपक वाइवा स्ववियु सदस्य हेटौंडा क्याम्पस, सुजन सिलवाल स्ववियु सदस्य मकवानपुर बहुमुखि क्याम्पस, मदन उप्रेती नगर खेलकूद रेफ्री लगायतको उपस्थित रहेको थियो ।