हेटौंडा ६, चौघडामा रहेको वंशगोपाल माविमा नयाँ विद्यार्थी स्वागत कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
शैक्षिक सत्र २०८१ मा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका १५७ जना नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमसहित विद्यालयमा स्वागत गरिएको छ । विद्यालयका प्रधानाध्यापक ललनकुमार पाण्डेयको अध्यक्षता तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई टीका लगाई कलम उपहार प्रदान गरिएको थियो । स्वागत कार्यक्रममा सहायक प्रधानाध्यापक रवीन्द्र कुमार गौतम लगायत अन्य शिक्षकहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष दहालले विद्यार्थीहरूलाई लगनशील भएर शिक्षण सिकाइमा लाग्न प्रेरित गर्नुभयो । नव आगन्तुक विद्यार्थीको तर्फबाट अनमोल गौतमले आफनो अनुभब व्यक्त गरेका थिए । विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अङग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म अङग्रेजी तथा नेपाली दुबै माध्यममा अध्यापन हँुदै आएको छ ।