शिक्षक महासंघ र प्रधानमन्त्री भेटवार्ता सकरात्मक नभएकोले आन्दोलन जारी रहने
नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि निरन्तरता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार भएको भेटवार्तापछि पनि परिस्थिति सकारात्मक नदेखिएको भन्दै महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँग शिक्षकका मागहरू स्पष्ट र शिष्टतापूर्वक राखिए पनि सरकारको दृष्टिकोणमा अपेक्षित परिवर्तन नदेखिएको
ले समग्र परिस्थितिको मूल्याङकन गर्दा हामीले अझै आन्दोलनको मोर्चामा डटीरहनु पर्ने अबस्थारहेको उल्लेख गरेका छन् ।
अध्यक्ष सुबेदीले विगतका सहमती सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो भन्दै आज पनि सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउन सम्पूर्ण शिक्षकहरुमा आग्रह गरेका छन् ।