नेपाली भाषाशिक्षक समिति मकवानपुरले एसइई परीक्षा २०८० मा नेपाली विषयमा ४ जिपिए हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।
नेपाली भाषाशिक्षक समिति मकवनापुरका सल्लाहकार तथा व्याकरण पुस्तकका लेखक ध्रुवकुमार भुजेलले आफ्ना मातापिताको स्मृतिमा स्थापना गर्नुभएको रामसावित्री सम्मानबाट मकवानपुरका विभिन्न विद्यालयका नेपाली विषयमा उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थी र शिक्षक सम्मानित भएका हुन् ।
मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत विद्यालयका गरी ३६ जना विद्यार्थीले यस वर्षको एसइई परीक्षामा नेपाली विषयमा ४ जिपिए ल्याउन सफल भएका छन् । सामुदायिकतर्फ प्रगति माध्यमिक विद्यालयबाट २ जना, आधुनिक राष्ट्रिय माविका २ जना, भुटनदेवी माविका १ जना, सिद्धार्थ माविका १ जना, वंशगोपाल माविका १ जना र भानु मावि मकवानपुरगढीका १ जना विद्यार्थी रहेको छन् ।
यसैगरी संस्थागततर्फ बालजागृति सेकेन्डरी स्कुलबाट १० जना, जिएस निकेतनबाट २ जना, सोलिड्यारिटी इन्टरनेसनलबाट ४ जना, फेमकल एकेडेमीबाट १ जना, ज्ञानोदय बालवाटिकाबाट १ जना, तुलसीमेहर सकुलबाट २ जना हेटौँडा एकेडेमीबाट १ जना, नवोदय शिशुसदनबाट २ जना, सत्यम् जेवियर्सबाट २ जना र ब्रह्मदिक एकेडेमीबाट ३ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् ।
उनीहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको नेपाली भाषाशिक्षक समिति मकवानपुरका सचिब ज्योति न्यौपानेले बताउनुभयो ।
नेपाली भाषाशिक्षक समितिका अध्यक्ष केशवप्रसाद सञ्जेलको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका सल्लाहकारहरु रमेशमोहन अधिकारी, रामचन्द्र फुर्सती, माधवप्रसाद खतिवडा,हयग्रीव आचार्य, समाजिक विषय समितिका प्रथम उपाध्यक्ष बालकुमार श्रेष्ठ, गणित विषयशिक्षक समितिका अध्यक्ष धनिकलाल साहलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सम्मानित विद्यार्थीका तर्फबाट प्रगति माध्यमिक विद्यालयकी छात्रा प्रकृति दाहाल र बालजागृति सेकेन्डरी स्कुलकी रितिका छत्कुलीले मन्तव्य व्यक्त गर्नुभयो भने शिक्षकका तर्फबाट नवोदय शिशु सदनका रामबाबु थापाले बोल्नुभएको थियो ।
सचिव ज्योति न्यौपाने हुनुपर्नेमा सल्लाहकार भएछ है।