मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

बेतखोल्सी सामुदायिक बनको साधारण सभा सम्पन्न

Nigarani Online 526+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार

रामहरि शर्मा चौलागाइँ 

हेटौँडा ९ स्थित बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । समूहका अध्यक्ष वासुदेव प्याकुरेलको सभाध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम उद्घाटन गर्दै चौलागाईंले सामुदायिक बनको महत्व र वन संरक्षणमा सबैको सकरात्मक पहल हुनुपर्नेमा जोड दिएका थिए । 

सामुदायिक वन समूह, रोजगारी, उद्यमको सृजना गरी प्रत्यक्ष आय आर्जन तर्फ लाग्न सबै तहबाट पहल हुनुपर्ने बताए । बेतखोल्सी सामुदायिक वन समूह सक्रिय रूपमा अघि बढेको र वन वस्थापनमा केन्द्रीय वन महासंघबाट आवश्यक पहल गर्ने धारणा राखेका थिए । वन्यजन्तु आतङ्क रोकथामका लागि स्थानीय विकास एवं सोसँग सम्वन्धित सवै निकायले आ–आफ्नो ठाउँवाट भूमिका खेल्नुपर्ने बताए । 

कार्यक्रममा हेटौडा ९ नं. वडाका पूर्व अध्यक्ष एवं वेतखोल्सी सामुदायिक वनका सल्लाहकार लक्ष्मण भण्डारी, डिभिजन वन कार्यलय हेटौडाका अधिकृत दीपक अधिकारी, सब डिभिजन वन कार्यालय हेटौडाका फरेस्टर यदुकुमार घिमिरे स्थानीय वन महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, हेटौडा ९ नं. वडाका सदस्य विष्णु बहादुर राना मगर, साइराम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पौडेल उपभोक्ता एवं जनज्योति मा. वि का प्र.अ भोगेन्द्र लुइँटेल लगायतले मन्तव्य राखेका थिए 

कार्यक्रममा समूहको वार्षिक गतिविधिको जानकारी गराउँदै अध्यक्ष वासुदेव प्याकुरेलले समूहमा २ सय ८९ घरधुरी सदस्य रहेको जानकारी दिए । उनका अनुसार एक हजार ७ सय ९६ उपभोक्ता प्रत्यक्षरुपमा बनसँग जोडिएका छन् ।

सामुदायिक वन ३५ दशमलव ९७ हेक्टर क्षेत्रफलमा फैलिएको उनले बताए ।

सचिव लक्ष्मी अधिकारीले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केशवप्रसाद न्यौपानेले गरेका थिए भने आर्थिक प्रतिवेदन कोषध्यक्ष चिरन्जीवी पौडेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक जीवनाथ सुवेदी र शोभावती अर्याल, प्रगतिशील टोल विकास संस्था एवम् लामो समय वनलाई संरक्षण गर्ने वन हेरालु दुर्गाप्रसाद भण्डारीलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएका 

थियो । साथै वन संरक्षणमा सक्रियता जनाउँदै आएका विपन्न वर्ग दलित, जनजाति मध्येबाट ६ जनालाई विद्युतिय चुल्हो पनि वेताखाेल्सी सामुदायिक वन समूहले वितरण गरेको थियो ।

हेटौँडाको दक्षिण भागमा रहेको बेतखोल्सी सामुदायिक वनले हरियाली सौन्दर्य प्रदान गरिरहेको छ भने विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रियता देखाउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार