अभिभावक संघ मकवानपुरले शिक्षकका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको छ । संघले आज एक विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेको हो ।
सरकारले वार्तावाट समस्या समाधान गर्न चासो नराखी शिक्षकहरुले सडकमा आन्दोलन गर्ने अवस्था सिर्जना हुनु गलत भएको भन्दे विज्ञप्तिमा सरकार गैह्र जिम्मेवार भएको भन्दै सरकारको यस प्रकारको कार्यको बिरोध गरिएको छ ।
सरकारको बेवास्ताका कारण वाध्य भएर सडकमा आई शिक्षक महासंघले सुरु गरेको आन्दोलनका मागहरु केकति पुरा गराउन सकिन्छ बार्ताबाट तुरुन्तै समाधान खोज्न सरकार र आन्दोलनरत पक्षहरुलाई आग्रह गर्दछु अध्यक्ष ध्रुव प्रसाद चौलागाइँद्वारा जारी विज्ञप्तिमा भनिएको छ
। शिक्षक जस्तो मर्यादित पेशामा रहेकाहरुमाथि कुनै प्रकारको बल प्रयोग गरेमा त्यो सहन नसक्ने कुरा समेत सरकारलाई सचेत गराइएको छ ।
विद्यार्र्थीहरुको पढाइमा अहिले परेको असर पछि बिदाको समयमा पढाउने भनी शिक्षकहरूले गरेको निर्णय राम्रो भए पनि विद्यार्थीहरूमा परेको अफ्ठ्यारो भोलिका दिनमा नदोहोरियोस् भन्ने आग्रह गर्दै पढाइमा असर नपुग्ने गरी आन्दोलनको बिकल्प खोज्नसमेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।