राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मकवानपुरले हेटौँडामा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यही माघ ६ गते हेटौँडाको हुप्रचौरमा विशाल कोणसभाको आयोजना गर्न लागेको महाअभियानका नारायणी अञ्चल संयोजक विजय तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्न व्यवसायी अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ हेटौंडा आउनु हुने भएको छ ।
कार्यक्रममा मकवानपुर चितवन, बारा पर्सा, रौतहटलगाउयतका जिल्लाका मानिस हेटौँडा आउने संयोजक तिमल्सिनाले जानकारी दिनुभयो । करिब २५ हजार मानिसहरु उपस्थित हुने र सो कार्यक्रममा ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको संयोजक तिमल्सिनाले बताउनुभयो ।
बैंक, सहकारी तथा फाइनान्स पीडितहरुको पीडामा मल्हम लगाउन उहाँ आउन लाग्नुभएको हो । हामी जनताको आवाज सुन्छौँ र त्यसलाई उजागर गर्छौँ ।’ पत्रकार सम्मेलनमा तिमल्सिनाले भन्नुभयो ।