संकल्प –तिमी विद्यालयबाट कहाँ भ्रमण गयोै त ?
गौरब– हामी त पोखरा र लुम्बिनी गयौँ । तिमी नि ?
संकल्प–हामी यसपाली सिन्धुलीगढी गयौ ।
यी माथिका संवाद विद्यालय तहमा अध्ययनरत दुई विद्यार्थीको हो । पछिल्ला वर्षहरूमा शैक्षिक भ्रमण, अवलोकन भ्रमण, पारिवारिक भ्रमण जस्ता विभिन्न नाममा देशभित्र र बाहिरका स्थानहरुमा भ्रमण हुने गरेको छ । अझ भनौँ दसैंदेखि फागुनसम्मको समय त भ्रमणको लागि उचित समय मानिन्छ । विभिन्न संघसंस्था जस्तै क्लब, टोल विकास संस्था, आमा सचेतना समूह, सहकारी, विद्यालय, वन समूह का सदस्यहरु जमघट भई भ्रमण गर्ने चलन पनि मौलाउँदै गएको छ । यस्ता भेटघाट, भ्रमणले एक आपसमा सहकार्य मिलन र चिन्ने अवसर प्रदान गर्दछ । यसको साथै भ्रमणबाट अन्य स्थानको कला, संस्कृति, भाषा र भौगोलिक अवस्थाको बारेमा प्रत्यक्ष बुझ्न पनि सकिन्छ । एकजना मानिससँग वार्तालाप गर्नु भनेको किताब पढेको भन्दा बढी प्रभावकारी सिकाई मानिन्छ । वास्तविक सिकाइ भनेको जीवनको प्रत्यक्ष अनुभव र भोगाईबाट हुन्छ । जीवनवारिधि विद्यावारिधिभन्दा मथि हुने धारणा छ मानिसहरूको ।
विशेषगरी विद्यार्थीहरूको सिकाइको लागि भ्रमण अति आवश्यक छ । भ्रमणलाई प्रभावकारी र अर्थपूर्ण बनाउनको लागि भ्रमण अघिको तयारी, भ्रमण अवधिको कृयाकलाप र भ्रमणपछिको प्रस्तुतिलाई ख्याल राख्नुपर्छ । सामाजिक सञ्जालमा पनि विभिन्न विद्यालयबाट गरिएका भ्रमणको बारेमा शिक्षक तथा विद्यार्थीले लेखेका प्रतिवेदन सुन्दर रुपमा प्रस्तुत गरिएको पाइन्छ । हामीले भ्रमणलाई सिकाइसँग जोड्नको लागि भ्रमण प्रतिवेदन लेखन, देनिकी लेखन, मनोवाद लेखनमा उत्प्रेरित गर्नुपछ । विद्यार्थीलाई भ्रमण अवधिमा उनीहरूका पाठ्यपुस्तकमा भएका विभिन्न विषयका विषयवस्तुसँग सम्बन्धित गराउन सकेमा एक दिनको घुमाई पनि सार्थक हुनेछ । कति विद्यालयले विद्यार्थीलाई विषयानुसार परियोजना कार्य , निबन्ध लेखन, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणका उपाय इत्यादि तयार गर्न लगाई प्रस्तुत गर्न जागरुक गरेको पाइन्छ । अबका भ्रमण तस्बिर र विभिन्न परिकारहरू सामाजिक सञ्जालमा प्रर्दशन भन्दा सिकाइलाई नयाँ उचाइ दिनुपर्ने देखिन्छ ।
संघसंस्था तथा विद्यालयले गर्ने नमूना भनिएका संघसंस्याको भ्रमणमा उक्त संस्थाका सबल पक्ष, असल अभ्यास, सफलताका कथा, लगानी र खेप्नुपरेका चुनौतीहरु केलाई आफ्नो परिवेशसँग के कति प्रयोग गर्न सकिन्छ ख्याल राख्न सके भ्रमणको लगानी र समयको उचित प्रयोग भएको मानिन्छ । अर्को तर्फ कुनै ठाउँ घुम्नु वनभोज खानु भनेको आगामी दिनको लागि ऊर्जा प्राप्त गर्नुपर्ने हो । नाम चलेकाको संस्थाको प्रशंसामा समय खेर नफाली उनीहरूका असल अभ्यास अनुसरणमा लाग्न सके अरु संघसंस्थाका प्रतिनिध पनि तपाईको संस्थामा पक्कै एकदिन भ्रमण गर्न आउनेमा शायद दुई मत नहोला । सपना ठूलो देखौ र सानो र राम्रो कामको थालनी गरौ जसले तपाईँलाई ठूलो उपलब्धि दिलाउछ । भ्रमणलाई मनोरञ्लनको साथै सिकाइमा जोडी भ्रमण पश्चात सिकेका असल अभ्यास तथा कृयाकलापहरू पछ्याउनसके भ्रमण गरेको सार्थक हुनेछ ।
अत्यन्त उपयोगी विचार गरिएको यो लेख शिक्षण सिकाइ क्रियाकलाप गर्ने गराउने संस्थाले व्यवहारमा उतार्न कोसिस गर्नै पर्छ ।
अत्यन्त उपयोगी विचार गरिएको यो लेख शिक्षण सिकाइ क्रियाकलाप गर्ने गराउने संस्थाले व्यवहारमा उतार्न कोसिस गर्नै पर्छ ।
जीवनवारिधि विद्यावारिधिभन्दा मथि हुने धारणा छ मानिसहरूको । उपयोगी लेख।
Nice article. It looks better to give the space on your media to the students with their tour- reports/ experiences.