मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |
मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |


पूर्व राजा ज्ञानेन्द्र शाहको हेटौँडाका विभिन्न स्थानमा स्वागत

Nigarani Online 520+ समाचार ( )
७ माघ २०८०, आइतबार

पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार हेटौँडामा आउँदा राजावादीहरूले भव्य स्वागत गरेका छन् । 

देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र आएको पन्ध्र वर्ष भइसकेको छ । ज्ञानेन्द्र शाहले राजगद्धी त्यागेपछि राष्ट्रपतिको पनि तीन कार्यकाल पूरा भएको छ तर राजतन्त्रको धङधङी अझै सकिएको छैन । ज्ञानेन्द्र शाहलाई अहिले पनि राजा नै मान्नेहरू अझै छन् । आज हेटौँडा १३ पदमपोखरीको ज्याङछुपलिङ पोताला गुम्बामा ज्ञानेन्द्र शाह पुग्दा राजतन्त्र र ज्ञानेन्द्र शाहको पक्षमा चर्का नाराबाजी भयो । 

राजावादीहरूले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ । राजतन्त्र जिन्दावाद, नारायणहिटी खाली गर् हाम्रो राजा आउँदैछन् जस्ता नारा लगाएका थिए । 

पूर्व राजा शाहले गुम्बाको अवलोकन दर्शन गर्नुका साथै शान्तिका प्रतीक परेवा उडाउनुभएको थियो । गुम्बा जाने क्रममा सडकमा उहाँको स्वागतमा नागरिकहरू सडकमा उभिएका थिए  । पदमपोखरीमा विभिन्न स्थानमा स्वागतद्वार बनाइएको थियो । पदमपोखरी प्रवेश गर्ने वनस्पतीदेखि नै स्वागतद्वार बनाइएको थियो भने सडक सफाइ गरिएको थियो । 

पदमपोखरीको गुम्बा जानुअघि चुरियामाई दर्शन गर्नुभएका शाह त्यहाँबाट भुटनदेवी मन्दिरमा जानुभएको थियो । सडकभर जम्मा भएका नागरिकहरूले शाहको स्वागत गरेका थिए । कतिपय ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष हेर्न भनेर पनि सडकसम्म आइपुगेका थिए । 

भुटनदेवी मन्दिरमा पूर्व राजाको स्वागतका लागि मानिसको भिड लागेको थियो । हजारौँको सङ्ख्यामा हेटौँडाका सर्वसाधारण फूलको गुच्छासहित स्वागतका लागि मन्दिर परिसरमा उभिएका थिए । शाहलाई मन्दिरसम्म पु¥याउनका लागि सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । फूलको गुच्छा दिनका लागि सर्वसाधारण तछाडमछाड गरिरहेको देखिन्थ्यो । भिडियो र फोटो खिच्नेहरूको त ताँती नै लागेको थियो । मन्दिरमा पूजाआजा गरेपछि पूर्व राजा शाह हेटौँडा रिसोर्टमा गई खेलप्रेमीहरूसँग भेटघाट गर्नुभएको थियो । 

पूर्व राजाको हेटौँडा आगमनमा देखिएको मानिसहरूको भीड र नाराबाजीले अहिलेका नेता र सरकारलाई चुनौति दिएको छ । सरकार मस्त निद्रामा रहेको भन्दै केही मानिसले भिडियोसमेत पोस्ट गरेका छन् । 

 सरकार नागरिकलाई सबै प्रकारका सुविधा र अधिकार दिएँ भनेर मग्न भएर बसेको छ । नागरिकका चरम निराशालाई सरकारले महसुस नगरेको हो कि नगरे जस्तो गरेको हो ? 

बेलैमा देशमा देखिएको नागरिकका असन्तुष्टि सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकार र राजनीतिक दलहरूले किन आलटाल गरिरहेका हुन् भन्न सक्ने अवस्था छैन ।  सरकारलाई कुनै कुरामा झकझक्याउन खोजियो भने प्रधानमन्त्री नै व्यवस्था बिरोधीको आरोप लगाउँछन् । नागरिकलाई गणतन्त्र र संघीयता बिरोधी पो भन्न थाल्छन् । आफूहरूले गणतन्त्रको मर्मअनुसार काम गरेको छु कि छैन भनेर कहिल्यै सोच्दैनन् । संविधानअनुरुप काम गरेको छु कि छैन भनेर कहिल्यै चिन्तन गर्दैनन् । 

यसैको उपज हो अहिले पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा भइरहेको खुलेआम नाराबाजी । यसैबिच हिजो केही मानिसहरुले पूर्व राजाको पुत्ला दहन गरेका थिए । 

देशमा लामो सङ्क्रमणपछि अहिले गणतान्त्रिक शासन व्यवस्था आएको छ । देशमा एक प्रकारको शान्ति स्थापना भएको छ । ज्ञानेन्द्रं शाह अहिले नागरिकको हैसियतमा छन् । उनले न कहिल्यै म फेरि राजा बन्छु भन्दै हिँडेका छन् न राजतन्त्र फिर्ता ल्याउँछु भन्ने अभियान नै लिएर देश दौडाहामा हिँडेका हुन् । 

उनी एउटा नागरिकको हैसियतमा देश भ्रमण गर्नुलाई कुनै षडयन्त्रका रूपमा लिनु आफ्नै मनको बाघले खाए जस्तो मात्र हो । यता उनको भ्रमणलाई उच्च महत्व दिने राप्रपा र राप्रपा नेपालको कदम पनि अशोभनीय देखिन्छ । एउटा नागरिकलाई गणतान्त्रिक शासनव्यवस्था भित्रकै राजनीतिक दलले यति धेरै महत्व दिएर नाराबाजीमै उत्रिनु व्यक्ति पूजनको मानसिकताको अन्त्य हुन नसकेको सङ्केत हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार