समाजवादी ट्रेड यूनियन महासंघ मकवानपुर र समाजवादी युवा संघ मकवानपुरले महासंघ मकवानपुरका ईन्चार्ज टुङ्गनाथ तिमल्सिनालाई कुसल ईण्ट्रिज प्रा.लिमा तत्काल पुनर्वहालीको माग गरेका छन् ।
समाजवादी युवा संघ मकवानपुरका जिल्ला अध्यक्ष विवेक घलान समाजवादी ट्रेड यूनियन महासंघ मकवानपुरका ईन्चार्ज टुङ्गनाथ तिमल्सिनाले संयुक्त विज्ञप्ति जारी गर्दै तिमल्सिनालाई तत्काल पुनर्वहाली गर्न माग गरेका हुन् ।
गत वर्ष माघ ३ गतेदेखि काम गरिरहेका तिमल्सिनालाई यही पुस १२ गते उद्योगले निस्कासन गरेको थियो ।
देशमा बेरोजगारीको समस्या वृद्धि भइरहेको र यूवा श्रमशक्ति वैदेशिक रोजगारीको निमित्त पलायन भइरहेको अवस्थामा मजदुरहरूलाई निस्कासन गर्न नहुने उनीहरुको माग रहेको छ ।
विज्ञप्तिमा नेपालमा सरकारी वा निजी प्रतिष्ठानहरूमा काम गर्ने श्रमिकहरू समस्यै समस्यामा रहेको, ऐन पालनाको समस्या रहेको, कतै दोस्रो, तेस्रो पक्षवाट श्रमिक ठगिँदै गएकाले यसको निरकरण गर्न गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ । साथै यस्ता समस्याको नियमनका लागि श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा तथ्याङ्कसहितको ध्यानाकर्षण पत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको विज्ञप्तिमा जनाइएको छ ।
तिमल्सिनालाई निस्कासन गरिएको विषयमा श्रम कार्यालय हेटौंडामा उजुरी दिँदा पनि कुनै जवाफ नआएको हुदाँ आजका मितिले २४ घण्टाभित्र श्रम ऐन समाजिक ऐन अनुसारको सेवा सुविधासहित पुनर्वहाली गर्न विज्ञप्तिमा माग गरिएको छ । यदि सम्बधित संस्थाले अटेर गरी पुनर्वहाली नगरेमा संघर्षमा जाने चेतावनीसमेत दिइएको छ