‘नयाँ सम्झौताको लागि सुदृढ लोकतन्त्र सामाजिक सुरक्षा र मर्यादित रोजगारी सहितको अर्थतन्त्र’ भन्ने मूल नाराका साथ १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रूपमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) बागमती प्रदेश कमिटीको आयोजनामा आज प्रदेशको राजधानी हेटौंडामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) वागमती प्रदेश उपाध्यक्ष तथा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य अर्जुन अर्यालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवी ज्ञवालीले श्रमिक दिवसको शुभकामना दिँदै गरिखाने वर्गले अधिकार प्राप्त गरेपछि मात्र नागरिक खुसी हुने बताउनुभयो । उहाँले श्रमिकको अधिकार स्थापित गराउने काममा जिफन्ट र पार्टी दुबै लाग्नुपर्ने बताउनुभयो ।
श्रमिकका हक खोसिनु नहुने भन्दै प्रमुख अतिथि ज्ञवालीले श्रमिक पक्षीय सबै कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले सधैँ श्रमिकहरूको साथमा रहने पनि बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष अर्जुन अर्यालले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो
कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष, मधेश प्रदेशसभा सदस्य तथा मधेस प्रदेश सार्वजनिक लेखा समिति सभापति नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य मञ्जु सारु थापा, नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी सदस्यहरूको आतिथ्यता रहेको थियो ।
वनविज्ञान अध्ययन संस्थानको मूलगेटमा प्रमुख अतिथिले झन्डोत्तोलन गरेपछि सुरु भएको ¥यालीमा हेटौंडाका औद्योगिक श्रम प्रतिष्ठानहरुबाट र अनौपचारिक क्षेत्रका श्रमिकहरुको सहभागीता रहेको थियो । ¥याली बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा जिफन्ट उपाध्यक्ष,मधेश प्रदेशसभा सदस्य तथा मधेस प्रदेश सार्वजनिक लेखा समिति सभापति नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य मञ्जु सारु थापा, बागमती प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो ।
श्रमिकहरूको अधिकारको लागि सधै अग्रसर नेकपा एमाले निकट भातृ सङ्गठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वार्षिक रूपमा कार्यक्रम गर्दै आएको छ । आजको कार्यक्रममा १५ सयभन्दा धेरै श्रमिकहरु सहभागी रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।