हेटौंडा उपमहानगरपालिका वडा नं. १५ को शिक्षा समितिको आयोजनामा भएको शैक्षिक महोत्सव अन्तर्गत विभिन्न विधाका प्रतियोगिताहरू शुक्रबार सम्पन भएको छ । प्रतियोगितामा जनजागृति मावि प्रथम, गौरी शिखर द्धितीय र श्री आधारभूत विद्यालय कमाने भोर्लेले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ।
उक्त महोत्सवमा विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतिस्पर्धात्मक क्रियाकलापमा उल्लेखनीय प्रदर्शन गरेका थिए। महोत्सबमा हाजिरी जबाफ, चित्रकला, नेपाली हिज्जे, हिसाब दौड, रिले दौड जस्ता प्रतियोगितामा गरिएको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूको आत्मविश्वास, लगनशीलता र निरन्तर अभ्यासको साथै शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथ एवं हौसला यस सफलताको मुख्य आधार भएको आयोजकले जनाएको छ।
यस किसिमका शैक्षिक महोत्सवहरूले विद्यार्थीहरूमा लुकेका प्रतिभा उजागर गर्न, प्रतिस्पर्धात्मक चेतना विकास गर्न र सिकाइलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेल्ने श्री आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्र बम्जनले जानकारी गराउनुभयो। प्रधानाध्यापक बम्जनले विद्यालयमा समयानुकुल स्रोत र साधन उपलब्ध नहुदा पनि शिक्षकहरुको प्रयासले अभिभावक र विद्यार्थीको विश्वास बढाउँदै उत्कृष्ट शिक्षण सिकाइ गर्दै अघि बढिरहेको बताउनु भयो ।
वडा नं १५ का वडा अध्यक्ष सुनिल मुक्तानले सम्पूर्ण शिक्षक , विद्यार्थी , अभिभावक र समुदायप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फी विकास हुने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रम बागमति प्रदेश पहिलो मूख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता र वडा नं १५ का वडा अध्यक्ष सुनिल मुक्तानको अध्यक्षतामा भएको थियो ।