हेटौँडा–४ मा अवस्थित हेटौँडा क्याम्पसको प्रमुखमा देवीराम लामा नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बुधबार बसेको बैठकले लामालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । । नेपाली बिषयमा स्नातकोत्तर गरेका लामा २०६५ सालदेखि निरन्तर क्याम्पसमा अध्यापन गर्दै आइरहेका र सहायक क्याम्पस प्रमुखको समेत जिम्मेवारी सम्हाली सकेका छन् । देशकै उत्कृष्ट क्याम्पसको रूपमा चिनिने यस क्याम्पसमा स्नातक तहमा शिक्षा शास्त्र, बाणिज्य र मानविकी सङ्काय र स्नाकोत्तर तहमा शिक्षा शास्त्र सङ्काय अध्यापन हँुदै आइरहेको छ ।
हेटौंडा क्याम्पसको प्रमुखमा देवीराम लामा

२५ पौष २०८०, बुधवार