कुष्माण्ड सरोवर त्रिवेणी धाममा एक महिने मकर मेला सुरू

Nigarani Online 499+ समाचार ( )
१ माघ २०८०, सोमबार

कुश्माण्ड सरोवर त्रिवेणी धाममा आजबाट एक महिने मकर मेलाको शुभारम्भ भएको छ । माघ १ गतेदेखि माघ मसान्तसम्म एक महिनाभर लाग्ने मेला आजबाट सुरू भएको हो । 

मेलामा श्रीमदभागवत कथावाचन तथा प्रवचनका साथै दैनिक हवन, तर्पण र भागवत, वेद, रुद्री, गीताको पाठपारायण हुने त्रिवेणीधाम विकास समितिले जानकारी दिएको छ ।

यस वर्ष डा. माधवप्रसाद भट्टराई, पण्डित कुवेर सुवेदी, गोपालप्रसाद चालिसेबाट विशेष दिनहरूमा प्रवचन हुने कार्यक्रम रहेको छ ।  यसैगरी पण्डित यदु अधिकारी, मनिषशरण खनाल, जीवराज बख्रेलबाट पनि कथा प्रवचन हुने कार्यक्रम रहेको छ । 

प्रवचन दिउसो १२ः३० बजेबाट ३ः३० बजेसम्म हुने र साँझ ७ः३० बजेदेखि राति १० बजेसम्म महात्म्य, तथा भजनकीर्तन हुने छ । माघको २८ गते लक्षवर्ती दीप प्रज्ज्वलन र २९ गते तिलार्चन सहित कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको छ । 

माघ १ गते आज ७१ जना बटुकहरूको सामूहिक व्रतबन्ध पनि गरिएको छ । यसैगरी १०८ गौमुखी धारामा स्नान तथा पूजा अर्चना गर्न आउनेहरू भक्तजनहरूपनि उल्लेख्य मात्रा रहेका छन् । 

एक महिने मकर मेलाको अवलोकनका लागि मकवानपुर जिल्लाका प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, राप्रपा नेपालका अध्यक्ष कमल थापा, हेटौँडा ९ का वडाध्यक्ष सुकराम केसीलगायतको पनि उपस्थिति रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार