हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीद्वारा सुझाव संकलन सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । चैत ५ र ६ गते हुने भएको छ । कार्यक्रम हेटौंडाको बुद्ध चोकमा बिहान १० बजे देखि बेलुकी ०५ बजे सम्म २ दिन कार्यक्रम रहेको समेत बताएका छन् ।
नगर संयोजक विशालराज महतको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको हो । हाल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ४ मन्त्रालय समालेको हुनाले देशमा राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले कस्तो किसिमको काम गरिदिए हुने भन्ने सम्बन्धि आयोजना गरिएको र आम जनताको सल्लाह सुझाव संकलन गरि ४ वटै मन्त्रालयमा पुराएर दिइने समेत नगर संयोजक विशालराज महतले जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले हाल सरकारमा गृह मन्त्रालय, श्रम मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालय गरि ४ मन्त्रालयहरु समालिरहेको छ ।
कार्यक्रममा दामोदर दाहाल नगर र्याट, नगर प्रमुख राम विक्रम थापा, नगर सुचना तथा प्रविधि विभाग सन्दिप पाठक, क्षेत्र नं. २ क्षेत्रीय संयोजक जगदीश दाहाल, क्षेत्रीय २ को उपसभापति, जिल्ला सदस्य राजकुमार घिमिरे लगायतका उपस्थिति रहेको थियो ।