मुख्य समाचार
नेपाल उद्योग व्यापार महासघं मकवानपुरको अध्यक्षमा जगदिश दाहाल | रेलमा डीबी बर्तौलाको 'उज्यालोका बाछिटा' विमोचन | प्रशिक्षक थापाद्वारा गौरीशिखर स्कूलमा प्रशिक्षण | वंशगोपालमा आधारभूत तह स्तरीय स्क्याबल प्रतियोगिता | प्रत्यक्ष निर्वाचित कार्यकारीको मागसहित दुई युवा अनसनमा | योङ इन्डिजिनिस्ट लिग हाई कमाण्ड्को बैठकले गर्यो ३ तिन महिने कार्यक्रमको घोषणा | छतिवनमा तीजविशेष कार्यक्रम | नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न | वंशगोपालमा वादविवाद प्रतियोगिता सम्पन्न | योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा १९को अध्यक्षमा सुनिल सुनार |

गणतन्त्रको धरातलमा उभिएर राजतन्त्रलाई काँधमा बोक्छन् सांसद सिंह

Nigarani Online 427+ समाचार ( )
३ माघ २०८०, बुधवार

पूर्व राजा ज्ञानेन्द्र शाहको हेटौँडामा हुन लागेको भ्रमणको संयोजन राप्रपा मकवानपुरले गरेको छ । देशव्यापी भ्रमणमा रहेका ज्ञानेन्द्र शाह हेटौँडामा यही माघ ७ गते आउन लागेका र उनको भ्रमणको सम्पूर्ण व्यवस्थापन राप्रपाले गर्न लागेको हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसको नेतृत्व सांसद दीपकबहादुर सिंहले गर्दै छन् । सिंह आयोजक मूल समारोह समितिका संयोजक रहेका छन् । 

सिंहका अनुसार ७ गते दिउँसो १२ बजे चुरियामाइृमा उनको स्वागत गरिने छ । १२ः३० मा हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआराधना, २ः३० बजे हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजा आराधनासहित शुभेच्छुक भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रेमी, बुद्धिजीवी, व्यवसायीलगायतसँग भेटघाट गरी साँझ हेटौंडाबाट फर्किने कार्यतालिका रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले आफूहरुले ज्ञानेन्द्र शाहलाई अभिभावक मानेको बताए ।  देशैभर जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम भइरहेको बेला मकवानपुरमा पनि उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न हुने उनले बताए ।

 दीपकबहादुर सिंह संघीय संसदका सांसद हुन् । गणतान्त्रिक नेपालको एउटा कानुन निर्माण गर्ने थलोको जिम्मेवार विधायक हुन् । उनले गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने थलोमा आफूलाई पु¥याएका छन् । मकवानपुरबासीले उनलाई गणतन्त्रको संस्थागत गर्दै देशलाई समुन्नतितर्फ लैजान त्यहाँ पु¥याएका हुन् । 

उनलाई कुनै राजावादीले राजा फर्काउन पठाएका त होइनन् । उनको जिम्मेवारी हो गणतान्त्रिक नेपालको कानुन बनाउने । गणतन्त्रमाथि कहीँ कतैबाट आँच आउने काम नहोस् भनेर देखभाल गर्ने । त्यसका लागि पहरेदार भूमिका निर्वाह गर्ने । नागरिकलाई गणतन्त्रप्रति विश्वस्त तुल्याउने । तर तिनै व्यक्ति आज गणतन्त्रको धरातलमा उभिएर राजतन्त्रलाई काँधमा बोक्न तम्सिरहेको छ । गणतन्त्रको ओतमा बसेर राजतन्त्रको छाता उघार्न खोजीरहेको छ । गणतन्त्रको रस चुसेर राजतन्त्रको स्वाद लिन खोजिरहेको छ । के यही हो नेपालका विधायकहरूको काम ? के पूर्व राजाको शक्तिलाई साथ दिन हो सिंहलाई मकवानपुरबासीले पदमा पु¥याएको ? 

यसले सांसद पदको गरिमामा आँच पु¥याएको विभिन्न व्यक्तिहरूको भनाइ छ । सिंहको यस प्रकारको कुनै व्यक्तिको भक्तिगान गर्ने स्वभावले मकवानपुरबासीमाथि विश्वासघात भएको यहाँको मतदाताहरूले गुनासो गरेका छन् । 

मकवानपुर जिल्लाबाट जसलाई निर्वाचनमा जिताएर पठाए पनि नागरिकको भावनामाथि खेलवाड गर्ने सांसदमात्र हात लाग्दै आइरहेको छ । कोही आफ्नै पद र पैसाका लागि सांसद बने भने कोही राजा फर्काउने अभियानका लागि सांसद भएका रहेछन् । 

म कुन धरातलमा उभिइरहेको छु । अहिलेको आवश्यकता कुन शासन व्यवस्था हो ? अब आफ्नो प्राथमिकताका क्षेत्रहरू केके हुन् भन्ने कुरामा चासो राखेर काम गर्ने सांसद मकवानपुरले कहिले पाउने ? 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार