हेटौँडा ९ स्थित प्रगति माविको २३ औँ अभिभावक भेला सम्पन्न

Nigarani Online 433+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

हेटौँडा ९ स्थित प्रगति माविको २३ औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्णप्रसाद घिमिरेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा हेटौँडा ९ का वडाध्यक्ष शुकराम केसी, ८ का वडाध्यक्ष राम थापा, वडा नम्बर १४ का वडाध्यक्ष दीपक खड्कालगायतको अतिथ्यता रहेको थियो  ।

कार्यक्रममा अध्यक्ष प्रदीप पराजुलीले वार्षिक प्रतिवेदन तथा प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयमा एक लाख पाँच हजार पाँचसय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएका ज्ञानेन्द्र भट्टराइ र कक्षा ११ का विद्यार्थीलाई निःशुल्क व्याकरण पुस्तक उपलब्ध गराउनुहुने लेखक ध्रुवकुमार भजेललाई सम्मान गरिएको थियो । 

यसैगरी विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति प्रदान गर्नुहुने प्रगति माविका शिक्षक पार्वती बर्ताैला, हेटौँडा ९ निवासी इन्दिरा काफ्ले, रेस्ट नेपाल तथा सिविन बाल हेल्पलाइन नामक गैरसरकारी संस्थालाई पनि सम्मान गरिएको थियो । 

सो अवसरमा विद्यालयका पूर्व अध्यक्षहरू विष्णुमणि अधिकारी तथा इश्वरीप्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो । यसै वर्ष विभिन्न कारणले विद्यालय छाड्नुभएका शिक्षकहरू सभ्यता चौधरी, जेविस अर्याल, सन्जु अधिकारी तथा कर्मचारी रामप्रसाद अधिकारीलाई पनि कदरपत्र प्रदान गरिएको थियो भने नवआगन्तुक शिक्षकहरूलाई स्वागतसमेत गरिएको थियो । 

यसैगरी वर्ष शिक्षकका रूपमा माध्यमिक तहका माधव गौतम, निम्नमाध्यमिक तहका कमलपाल अधिकारी र प्राथमिक तहका विमलकुमार घिमिरेलाई सम्मान गरिएको थियो भने संयोजकहरूमध्ये उत्कृष्ट संयोजकका रूपमा सुदीप पौड्याललाई सम्मान गरिएको थियो । । उत्कृष्ट कर्मचारीको सम्मान राधिका देउलालाई प्रदान गरिएको थियो । यसैगरी कक्षा १२ को वार्षिक परीक्षामा शत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराएकोमा अनिवार्य तथा ऐच्छिक नेपाली विषयका शिक्षक ज्योति न्यौपाने र शिक्षा तथा विकास विषयका शिक्षक मन्जु खनाललाई सम्मान गरिएको थियो ।

२०७९ सालको एसइई परीक्षामा ३ दशमलव ६१ भन्दा माथि जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरू अजितकुमार गुप्ता, अजित चौधरी, श्रीशान्त कुशवाह, जिज्ञासा पौडेल तथा कक्षा १२ मा ३ दशमलव ७३ जीपीए ल्याएर उत्तीर्ण हुने प्रविना पौडेललाई पनि नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो । 

अभिभावक भेलाका अवसरमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । भेलाले नयाँ व्यवस्थापन समिति चयन गर्नुपर्नेमा ४ जनाको अभिभावकमध्येबाट छानिनुुपर्नेमा ४३ जना अभिभावकले उम्मेदवारी दर्ता गराएपछि समिति चयनको कार्य भने स्थगित गरिएको छ । उपयुक्त समयमा छलफल गरी सहमतिमा ४ जना सदस्य चयन गरिने प्रधानाध्यापक निरन्जप्रसाद ढकालले बताउनुभयो ।  

अभिभवकबाट २ जना महिलासहित ४ जना चयन भएपछि शिक्षक प्रतिनिधि, सदस्यसचिव तथा वडा अध्यक्ष वा प्रतिनिधिसहितको बैठकले २ जना समाजसेवी बुद्धिजीवी, चन्दादातामध्येबाट मनोनीत गर्ने छ र सो ९ जना मध्येबाट अध्यक्ष चयन हुने छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार