सिप बिल्डिङको परीक्षामा सहभागी भएकाहरु भाषा परीक्षामा सहभागी हुन पाउने

Nigarani Online 433+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत जहाज निर्माण (सिप बिल्डिङ)को भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । कोरियाली सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक र कोरियाको मान संशाधन विकास (एचआरडी) विभागका अधिकारीहरुबीच सोमबार भएको छलफलमा कोरियाली पक्षले उत्पादनमूलतर्फ आवेदन दिएका १ लाख ६५ हजार भन्दा बढी आवेदकलाई नै परीक्षामा सामेल गराउने जानकारी दिएको हो । सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका करिब २१ हजार २५४ जना परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै