बागमती प्रदेशसभामा सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत

Nigarani Online 1+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

बागमती प्रदेशसभामा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि टेबुल भएको छ । 

प्रदेशसभाको आज बसेको बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल गर्नुभएको हो । 

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ‘सामाजिक सञ्जाल फेसबुकमा धेरै मेहेनत पश्चात नेपाल भाषा र तामाड भाषालाई बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बागमती प्रदेशसभामा पेश भएको छ ।’ भनेर लेख्नुभएको छ । 

देश संघीयतामा गएपछि प्रदेश सरकारले आफ्नो प्रदेशमा सरकारी कामकाजका रूपमा त्यस प्रदेशमा धेरैले प्रयोग गर्ने भाषा प्रयोग गर्न पाउने कुरा उल्लेख गरिको छ । 

नेपालको संविधान २०७२ को धारा ७ (२) बमोजिम नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने भाषा एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने छ भन्ने कुरा उल्लेख गरिएको छ । 

वाग्मती प्रदेशमा तामाङ भाषा र नेपाल भाषाको प्रयोग गर्ने जनसङ्ख्याको बाहुल्यता रहेकोले यी दुई भाषलाई सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक संसदमा पेश भएको हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार