अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलको रूपमा विकसित हुँदै

Nigarani Online 318+ समाचार ( )
२२ पौष २०८०, आइतबार

हेटौँडा १७ ठुलोगङ्गटेमा रहेको अङ्गारेश्वर मन्दिर “अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल“को रूपमा   जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको छ ।  मन्दिर पर्यटकीय स्थलको रुपमा शुक्रबार विधिबत रुपमा दर्ता भएको हो ।  मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्णदेव भण्डारीले संस्थाको उद्देश्य अनुसार सनातन हिन्दू धर्मको महत्व भक्तजन तथा अनुयायीहरूलाई बुझाउँदै प्रचारप्रसार र विकासमा लागिपर्ने बताउनुभयो । 

धार्मिक अनुष्ठान र नियमित पुजापाठलाई कर्मकाण्डीभन्दा पनि धर्मको मर्मअनुसार अवचेतन मनको प्रयोग गर्दै व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्य तथा मनको शान्तिको लागि आयोजना गर्नुपर्ने विषयलाई व्यवहारमा उतार्ने र अनुयायीहरूको लागि सचेतना कार्यक्रम अभियानको रूपमा सञ्चालन गर्ने अध्यक्ष भण्डडारीले निगरानीसँग बताउनुभयो । 

उहाँले दर्ता कार्यमा सहयोग पुर्याउने हटिया, हर्नामाडीबासी सम्पूर्ण भक्तजनहरू, सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै दर्ता कार्यमा अहोरात्र खटिनुभएका ओम् प्रसाद अधिकारीप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ । मन्दिर व्यवस्थापन समितिले नियमित पूजा सञ्चालनका अलावा अन्य धार्मिक तथा आध्यात्मिक कार्य गर्दै आएको छ । केही समयअघि मात्र पनि मन्दिरद्वारा सात दिने राजयोग कोर्ष तथा ध्यान प्रशिक्षण आयोजना गरेको थियो ।

 वर्तमान मन्दिर ब्यवस्थापन समितिमा अध्यक्षमा कृष्णदेव भण्डारी,उपाध्यक्ष श्यामबहादुर घर्ती, सचिव सन्दिप थापा, कोषाध्यक्ष सेती कुमारी गोङ्बा ,सहसचिव शारदा अधिकारी र सदस्यहरूमा प्रदिप कुमार विष्ट, बिना दाहाल, मैया कठायत,  थिर बहादुर बज्यू, नवराज माझी र ओम् प्रसाद अधिकारी रहेका छन ् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै