शंकर सिंह
रंगीचंगी फुल फुल्याे
गाउँबेसी र शहर भरी
मगमग बास्ना छायाे
मनै हर्षित हुने गरि।
लहलह बाला झुल्याे
गाउँ बेसीका फाँट भरी
मनमा मायाँ गाढा बस्यो
कहिले नमेटिने छाप सरी।
रंगीचंगी फुल फुल्याे
गाउँबेसी र शहर भरी
मगमग बास्ना छायो
मनै हर्षित हुने गरी
झिलीमिली बस्ती भयाे
न्यानो तिम्रो आगमनले
मनमुटुमा मायाँ छायाे
सुन्दर तिम्रो मुहारले
रंगीचंगी फुलफुल्याे
गाउँ बेसी र शहर भरी
मगमग बास्ना छायाे
मनै हर्षित हुने गरी
हर्ष
२ पौष २०८०, सोमबार