हेटौँडा १२ स्थित टासी तेर्लिङ गुम्बा निर्माणका लागि सहयोग जुट्ने क्रम जारी

Nigarani Online 433+ समाचार ( )
५ कार्तिक २०८०, आइतबार

हेटौँडा १२ पान्तलेस्थित टासी तेर्लिङ गुम्बाको पुनर्निर्माण कार्य जारी रहेको छ । सो गुम्बा निर्माण सरकारी पक्षले चासो नदेखाएपछि अहिले सहयोगी दाताहरूको सहयोगमा निर्माण कार्य शुभारम्भ गरिएको हो । 

गुम्बा निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।  देश विदेशमा रहेको विभिन्न सहयोगी दाताहरूबाट गुम्बा निर्माणका लागि सहयोग प्राप्त भइरहेको निर्माण समितिका संयोजक पाल्साङ लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम ५ लाख २९ हजार ५ सय १३ रुपियाँ सहयोग प्राप्त भएको छ ।    सहयोग गर्नेहरूमा सुरेश दोङ लामाको पहलमा अमेरिकाबाट देउ राई, कुमबहादुर गुरुङ, विक्रम केसी क्षेत्री,  रजत मोक्तान लामा,सुरेश कुमार लामा, प्रविण भण्डारी  कुल बहादुर गुरुङ, दिपक अधिकारी,सुरेश लामा पोर्टल्याण्ड, शान्ता लामा पोर्टल्याण्ड, सुनिता थापा, भुवन थापा,बुद्दी बहादुर तामाङ पोखरा , क्रिश घिमिरे,असोक कुमार पाख्रिन, अनिता गुरुङ,स्व.बिस्नु बहादुर लामा,पटिहिल डंकिन, संजय पट्टेल ,राजु राम्दान,रोसन पण्डित ,भास्कर श्रेष्ठ, भगवती पुन ,बिक्रम बन्धु न्यौपाने,चण्डिक लामा न्यूयॉर्क,सुक्रिम थापा,सबिता परियार,अर्जुन बुढाथोकी, निमा लामा, रामलाल नकर्मी, रमेश दाहाल,आरती श्रेष्ठ, करुणा कुँवर,रोशन मानन्धर,  निर्मला सर्मा, एमी गुरुङ,रोजिना गुरुङ, मन्जु खडका, बिष्णु गुरुङ, राजेस  श्रेष्ठ, दिर्घ लामिछाने, हेम पाख्रिन, रन्जना थापा ,मुना घिमिरे ,रबि राई ,रोहित पौडेल,नितु सर्मा ,निता गुरुङ,कमला भण्डारी, सुमन थापा,लगायत हुनुहुन्छ ।

अहिले जापान,कोरिया,अस्ट्रेलिया,क्यानाडा,चाइना,युरोप,लगायत  साउदी,कतार,दुवै,मलेसियामा रहेका सहयोगी दाताहरूबाटपनि  गुम्बा निर्माणका लागि सहयोग प्राप्त भइरहेको निर्माण समितिका संयोजक पाल्साङ लामाले जानकारी दिनुभयो । 

मकवानपुर जिल्लाकै पुरानो सो गुम्बा वि.सं. २००३ सालमा बनेको थियो । २०७२ सालको भूकम्पले भत्किएपछि गुम्बा पुनर्निर्माण हुन सकेको थिएन । केही समय अघि निगरानी अनलाइन र निगरानी टिभिमा गुम्बाको बारेमा समाचार र भिडियो प्रकाशन तथा प्रसारण भएपछि धेरै सहयोगी दाताहरूले गुम्बा निर्माणका लागि चासो देखाएपछि गुम्बा निर्माण समिति गुम्बा निर्माणका लागि जुटेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार