मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

झरनाद्वारा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम

Nigarani Online 450+ समाचार ( )
३० भाद्र २०८०, शनिबार

झरना साहित्यिक परिवार मकवानपुर तथा महेन्द्र मावि छतिवनको संयुक्त आयोजनामा बकैया गापामा तीजविशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सुरुमा लोकगायिका मञ्जु दाहाल तथा लोकगायक रामप्रसाद सापकोटाले आआफ्ना एकल प्रस्तुति गर्नुभएको थियो भने पछि ती दुई जना बिच सुमधुर र शिष्ट दोहोरी भएको थियो । दोहोरीका साथसाथै चलेको सामूहिक नृत्यले सिङ्गो वातावरण नै लोकदोहोरीमय तथा तीजमय बनेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बकैया ५ की वडाध्यक्ष लक्ष्मी जिम्बा तथा विशिष्ट अतिथिका रूपमा बकैया ४ का वडाध्यक्ष राजन दङ्गाल हुनुहुन्थ्यो । प्रमुख अतिथि जिम्बाले आफूहरूले यही कार्यकालमा झरना साहित्यिक परिवारको भवन बनेको हेर्न चाहेको र आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी तथा वर्तमान अध्यक्ष विश्वनाथ सन्जेलले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत महेन्द्र माविका प्र अ दुर्गाप्रसाद पराजुलीले, उद्घोषण देवकी सिग्देलले र सभाध्यक्षता झसापकी उपाध्यक्ष गायत्री रुपाखेतीले गर्नुभएको थियो ।  कार्यक्रममा ३५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रमेशमोहन अधिकारी ३० भाद्र २०८०, शनिबार

धन्यवाद निगरानी डट.कम !

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार