सरोज लामिछाने
धान झुलेको फाँटको माथि आँखाले कैद गर्न नभ्याउने गरी उडिरहेका देखिन्छन ५०० मिटरको फरकमा पन्ध्र भन्दा बढी रङ्गीन चङ्गाहरू । जो कोही पनि सफा र निर्मल आकाश मुनि कावा खाइरहेका चङ्गा देख्ने बितिकै मनमा विभिन्न सम्झना, भावना र सोचमा डुब्न पुग्छन । कञ्चन आकाशमा चङ्गा देख्ने बित्तिकै दसैं आएको भान सबैलाई पर्ने र खुसीले मन चङ्गा जस्तै भएको महसुस गर्छन । चङ्गालाई प्रतिकको रुपमा लिएर विभिन्न साहित्यिक विद्यामा कलम चलाइएको छ । चङ्गाको र्धािर्मक, सांस्कृतिक र वातावरणीय महत्व पाइन्छ । मलाई चङ्गा उडाउन आनन्द लाग्छ र बिगत ५ बर्षदेखि चङ्गा उडाइरहेको छु भन्नुहुन्छ हेटौंडाका सुकृत लामिछाने । त्यस्तै अर्का चङ्गा पारखी शिशिर आले मगर पनि यो बर्ष बिगत १५ दिन देखि निरन्तर चङ्गा उडाइरहेको बताउनुहुन्छ । बालबालिका देखि पाका सम्मको खुला चौर देखि घरको छतमा चङ्गामा रमाइरहेको पाइन्छ ।
काठमाण्डौंमा विशेष गरी नाग पञ्चमी देखि शुरु भइ हरिबोधनी एकादशी सम्म चङ्गा चैट भनेर चिच्याएको सुनिन्छ । नेपालमा राजा गृवाणयुद्वले प्रधानमन्त्री भिमसेन थापाको सहयोगमा तलेजु भबानी मन्दिरबाट चङ्गा उडाउने गरेको उल्लेख छ । अभिलेख अनुसार चिनमा २०० बिसी बाटनै चङ्गाको शुरुवात भएको उल्लेख छ । काठमाण्डौंको आकाशमा उडेको चङ्गाले उपत्यकाका किसानहरूको बालीलाई पर्याप्त पानी पुगेको इन्द्र भगवानलाई खबर लैजाने विश्वास छ । गोरखापत्रमा १९९५ मा प्रकाशित चङ्गाको उत्पति र विकास लेखमा इतिहास विद राजेश गौतमले नेपालमा चङ्गाको शुरुवात बारे लिखित दस्तावेज नभएको र १९ औं शताब्दीको शुरुवात तिरबाट चङ्गा संस्कृति शुरु भएको तर्क छ भनी प्रवाश गौतमले द काठमाण्डौं पोष्टमा लेख्नुभएको छ ।
हेटौंडा ६, चौघडामा बिगत १५ बर्ष देखि चङ्गा बिक्री गर्दै आउनु भएका बुद्वरत्न मानन्धर का अनुुसार पहिले हेटौंडमा एउटा मात्र चङ्गा पसल भएको र हाल चङ्गा बेच्ने पसलहरू बढेको बताउनुहुन्छ । मानन्धरका अनुसार पहिले कागजको चङ्गा को चलन रहेको र कसैले आफै पनि बनाउने गर्दथे र आजकाल कपडाको पनि पाइन्छ । पहिले तिन धर्के, राते, सेते , पखेटे चङ्गा हुन्थे भने आलकाल चङ्गाको नाम पनि पोकोरो , डोरेमन जस्ता आधुनिक छन । उहाँका अनुसार माझा लगाउने चलन चाहिँ अहिले नरहेको तर पसलबाट चङ्गा किन्ने मानिसमा पहिलेको तुलनामा बढेकै बताउनुहुन्छ ।
चङ्गा पारखीहरू धागोमा माझा लगाएर चङ्गा जुधाउने र अर्काको चङ्गा चेैट बनाउने होडबाजी गर्थे तर आजकाल चङ्गा जुधाउने र चेैट पार्ने कम भएको पाइन्छ । चङ्गा संस्कृति बचाउन हाम्रो देशका विभिन्न स्थानहरूमा संघसंस्थाहरूले चङ्गा महोत्सव पनि गर्दै आइरहेको पाइन्छ । यस्ता महोत्सबले मनोरञ्जनको साथै संस्कृति संरक्षण, चङ्गा उडाउने कला तथा सिप विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।
पहिलेको तुलनामा चङ्गा उडाउनेमा कमि हुदै गएको छ । बढ्दो शहरीकरणले खाली ठाउँको कमि हुदा चङ्गा उडाउन समस्या भएको बताउछन चङ्गा पारखीहरू । बिजुलीको तार तथा अर्काको घरको छतमा चङ्गा अड्कने र चैट भएर चङ्गा लिन जादा बाली माडियो भनेर किसानहरूको गाली खानु परेको कारण र टिभी तथा मोबाइल जस्ता आधुनिक साधनमा रुचि बढ्नुले चङ्गा संस्कृति लोप हुने खतरामा देखिन्छ । स्थानीय स्तर देखि नै चङ्गा पर्व र प्रतियोगिता गर्न सके पछिल्लो पुस्ता सम्म चङ्गा चैट नभइ उडिरहने छ
धन्यबाद लेख राम्रो लाग्यो साच्चै नै यो परम्परा निकै पुरानो भए पनि काठमाडौ मा अझै व्यापक देखिन्छ अहिलेको आधुनिक युगमा अरु धेरै खेल लोप हुदा पनि चङ्गा खेल्नेहरु बढी रहनु राम्रो हो तर बजारमा नेपाली सामानले बजार गुमाउनु अनि भारतिय सामानको बिगबिगी बढेकोमा दुःख लाग्छ। यो राम्रो आम्दानी को श्रोत हो नेपाली उधमीले एसमा बिचार गर्नुहोला
Thank you for providing feedback and remarks.
सान्दर्भिक ,खोजमुलक लेख !राम्रो लाग्यो।
चङ्गाको भौतिक संरचना, यसका अवयबहरु,रंग , साईज, उत्पती, किसिम , विकास , रुपान्तरण , मानिस र चङ्गाको सम्बन्ध , सन्देश, वर्तमान , भविस्य आदि खोजमूलक कृति प्रकाशनका लेखकलाई धेरै धेरै धन्यवाद ।
चङ्गा संस्कृति खोज मूलक छ सरको लेखमा।