हेटौडा, २० चैत भोलि हेटौडाको बुद्ध चोकमा जनप्रदर्शन हुने राष्ट्रिय मुक्ति क्रान्ति अभियान संयोजक बुद्ध छिरिङ मोक्तानले जानकारि दिए ।
मङलबार हेटौडा १० पल्पसा प्याराडाइज हलमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानले पत्रकार सम्मेलन गर्दै हेटौडाको बुद्ध चोकमा जनप्रदर्शन हुने जानकारी दिएको हो । सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान संयोजक बुद्ध छिरिङ मोक्तानले यो देशको उत्पीडित जातीहरुले अझै आफ्नो अधिकार नपाएको बताए ।
मोक्तानले पटकपटक तामाङ जातिहरुले आफ्नो अधिकार तथा पहिचानको लागी माग गर्दै आन्दोलन गरेपनि सफल नभएको । बिगतमा नेपाली जनताले तानाशाहि राणा शासन, पन्चायत आदिको विरुद्ध तथा लोकतन्त्रको लागी संघर्ष गरेको र लोकतन्त्रको स्थापना गरेतापनि आर्थिक बिकास गर्न नसकेको बताए ।
मोक्तानले तामसालिङ राज्य स्थापना को लागी शान्ति पुर्ण जनप्रदर्शन हुने । विश्वपरिवेशको जस्तो आर्थिक क्षेत्रमा आउन पर्ने परिवर्तन आज सम्म हाम्रो देशले नपाएको । जसको प्रमुख दुइ कारणमा आन्तरिक राजनीतिमा शक्तिको सन्तुलित बाडफाड नहुनु अर्को कमजोरी तथा बाह्य कारणमा आधुनिक राज्य बने पश्चातबाट नै देश चही अमेरिकी तथा भारतीय पक्षमा बस्ने तर अमेरिका र भारत को बिरोध गर्ने परिपाटी रहेको बताए ।
त्यस्तै नेपाल एक तामाङ राष्ट्र , च्योबाङ राष्ट्र , नेवा राष्ट्र , चौधरी राष्ट्र जस्ता राष्ट्रहरु को रूपमा बहुल राष्ट्र रहेको बताउदै जनप्रदर्शन गरिने बताए । आज भन्दा अगाडिको पहिचान पक्षधरहरु राजनीतिक भागबन्डामा मात्र अघि बढेको तर हामीहरु बहुलराष्ट्र को अवधारणाले राष्ट्रिय एकतामा खलल नपर्ने बरु सबै जातजाति को पहिचानको सुनिश्चितता हुदा थप मजबुत राष्ट्रिय एकता बन्ने बताए ।
भोलि हुने जनप्रदर्शनमा प्रमुख वक्ता को रुपमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान राष्ट्रिय संयोजक राजेन्द्र महतो आउने बताइएको छ