मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

महिला शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

Nigarani Online 526+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार
हेटौँडाको नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा महिला शिक्षक मैत्रीपूर्ण भलिबल हेटौंडा नगरभित्रका १० वटा सामुदायिक विद्यालयहरूबिच २०८१ फाल्गुण १६ र १७ गते प्रतियोगिता सम्पन्न गरिएको छ ।
२०८१ फाल्गुण १७ गते शनिवार हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको भलिबल कोर्टमा भएको प्रतियोगितामा प्रथम उपाधिका लागि हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय र हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयबीच फाईनल खेल सम्पन्न भई ज्याेति मा. वि. हर्नामाडी प्रथम भएको छ । महिला शिक्षकबीच पहिलो पटक मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पहिलाे सेट ज्याेतिले २५-१५ अंकले दाेस्राे सेट प्रगतिले २६-२४ ले जित्याे । तेस्रो सेट१५ अंककाे खेलाईएकाेमा ज्याेति मा.वि. ले १५-१२ ले जित्दै शिल्ड र रू.७,०००/- नगद र मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे हाे । दाेस्राे हुने प्रगति मा.वि.ले रू.५,०००/- नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । ज्याेति मा.वि.कै जर्सी नं.१५ कि शाेभाकुमारी आचार्य वेस्ट प्येयर (उत्कृष्ट खेलाडी) घाेषित भई ट्रफी जित्न सफल हुनुभयो ।
त्यस्तै तेस्रो पाेजिशनका लागि खेलिएकाे खेलमा चन्द्राेदय मा.वि.हेटाैंडा-८ ले कृष्ण आ.वि. हेटौंडा-६ लाई साेझाे २ सेट (२५-१७ र २५-१९) ले पराजित गर्याे । तृतिय हुने चन्द्राेदय मा.वि. ले ३,०००/- नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने सान्त्वना हुने कृष्ण आधारभूत विद्यालय टिमले रू.१,०००/- नगद र प्रमाणपत्र प्राप्त गर्याे । सहभागी विद्यालयहरू आधुनिक राष्ट्रिय मा.वि., भुटनदेवी मा.वि., त्रिभुवन मा.वि., सिद्धार्थ मा.वि., जनप्रिय मा.वि. र वंशगाेपाल मा.वि. का सबै खेलाडि महिला शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाकाे प्रमुख आतिथ्यतामा सम्पन्न खेलमा पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका १८ नं. वडाध्यक्ष अनिल बानियाँ, १६ नं. वडाध्यक्ष रामकृष्ण काेईराला, ११ नं. वडाध्यक्ष जुना दाहाल, ४ नं. वडाध्यक्ष नवीन सिग्देल, ८ नं. वडाध्यक्ष रामकृष्ण थापा, राष्ट्रिय परीक्षा बाेर्ड हेटौंडाका प्रमुख कृष्ण घिमिरे, आधुनिक रा.मा.वि.का प्र.अ. रामसागर गुरागाँई लगायतले पुरस्कार वितरण गर्नुभएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार