मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

गढी गाउँपालिकाका एसइई उत्तीर्ण विद्यार्थीलाई अखिल क्रान्तिकारीद्वारा सम्मान

Nigarani Online 520+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) गढि गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा पालिका स्थित बिभिन्न बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान कार्यक्रम आयोजना गरेको छ!

सम्मान कार्यक्रममा गढि गाउँपालिकाका ९ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने ४८ जना विद्यार्थीलाई सम्मान गरिएको छ! 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा  बर्तमान सरकार प्रथम दृष्टीमै सुशासन विरोधी रहेको पुष्टि भएको जिकिर गरेका हुन्।

‘प्रचण्ड सरकारले चलाएको सुशासनमुखी कदमबाट अत्तालिएकाहरुको गठजोडमा बनेको ओली सरकारले अर्बौको बिजूली बक्यौता उठाउने बिधुत प्राधिकरणको कदममा साधक बन्नु पर्नेमा उल्टो बाधक बनेर सुशासनको धज्जी उडाइको छ,’ नेता गौतमले भने, ‘सरकार गठन गर्दा सुशासन बिरोधी गठजोडको जे आरोप लागेको छ, सरकारको एकपछि अर्को कदम  चालेर स्वयमले त्यसको पुष्टि गरेको छ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य एवम् गढि गॅाउपालिकाका निर्वाचित उपाध्यक्ष मानकुमारी पाखृन, नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान(ज्वाला), बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, गढी गाउँपालिका अध्यक्ष लक्षमण खड्का, नेकपा माओवादी केन्द्र नगर सदस्य बिजय गौतम ,अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य राजेन्द्र मोक्तान, अखिल क्रान्तिकारी मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल ,सह-सचिब सुजन सिलवाल ,कोसादक्ष्य अनिल बसेल,गढी ycl अध्यक्ष दिलिप लोप्चन,अखिल क्रान्तिकारी सदस्य दिपिका तुम्लिङ ,पबित्रा बिक ,प्रधानध्यापक राजेन्द्र थापा लगायतको आतिथ्यता रहेको थियो ।

अखिल क्रान्तिकारी गढि गाउँकमिटीका अध्यक्ष कल्पना दर्लामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुजन सिलवालले कार्यक्रम  सन्चालन गरेका थिए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार