शंकर सिंह ठकुरी
बाटो उहीँ हाे (खाल्डाखुल्डी )
जम्मा ८० किलोमिटर ।(हेटौंडा -काठमाडौं )
धुवा धुलाे खाँदै पुग्नु पर्ने हुन्छ
बालेनकाे काठमाडौं शहर ।
दुरदराजका नेपालीहरुकाे
पुग्नै पर्ने सपना र रहर ।
अब हुमेर हेर्दा हुन्छ ।
विकसित काठमाडौं सहर ।
उदेश्य हुदैन ठुलो र धेरै पनि ।
पहिला कस्तो थियो ? अब कस्तो भयो भनी ।
के के परिवर्तन भए ? के कति नयाँ बन्ने काम भयो भनी ।
मनमनै नियालेर हेर्ने हुन्छ रहरहरु पनि ।
जनताले आशा गरेका काम के कति सम्पन्न भयो
र हुने क्रममा छ भनी ।
घुमफिर गर्दै हेर्दा हुन्छ सम्पन्न भएको काम पनि ।
विकसित सहर बन्दैछ अब हेर काठमाडौं पनि ।
स-सना गल्लीहरू
ठुलो हुने क्रममा रहेछ भनी ।
धुवा धुलाे उड्ने सडकहरू
कालाे पत्रे हुदै फराकिलो भएको मानी ।
घुमेर हेर्दा हुन्छ अब बालेनकाे सहर पनि ।
बटुवाहरू हिड्दा
एक अर्कामा नठाेक्किने भएका छन् ।
स-सानातिना गल्लीहरू पनि
अब फराकिला हुदै चाैडा भएका छन् ।
दुर्गन्धले नाक थुनेर हिड्नु पर्ने
बाध्यता काे अन्त्य भएको छ ।
धुवा , धुलाे ,छारो उडेर आँखा पाेल्ने समस्या
अब हटेर गएकाे छ ।
स साना खाेला र कुलाहरू लुकाईएका थिए ।
ती खाेला खाेल्ने र व्यवस्थित पार्ने काम भएको छ ।
पार्किङ स्थल व्यवस्थित नहुदा भाेग्नु पर्ने सास्ती
अब हटेर गएको छ ।
साच्चै अब काठमाडौं सहर ।
काठमाडौं सहर जस्तो हुने भएको छ ।
विश्व सम्पदामा सुचिकृत हाम्रो सम्पदाहरूले पुनर्निर्माण पछि पुनर्जीवन पाउदाे छ ।
अब काठमाडौं सहर झन हेर्न लाएक भएको छ ।
कविता :
काठमाडौं शहर
१७ फाल्गुन २०८०, बिहीबार