वाग्मती प्रदेश सरकारले आफ्नो एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । हेटौँडामा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् ।
एक वषृको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकारको एक वर्ष अवधिमा २७२ किलोमिटर पक्की सडक निर्माण गरिए उल्लेख गरेका छन् ।
सोही अवधिमा १५९ किलोमिटर ग्रावेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको जनाइएको छ । यसैगरी २६ वटा सडकपुल तथा ६ वटा झोलुङ्गे पुल निर्माण, ३६४ किलोमिटर सडकको नियमित तथा ३७० किलोमिटर सडकको आवधिक तथा पटके मर्मत सम्भार गरिएको मुख्यमन्त्री जम्कट्टेलको कार्य प्रगतिमा उल्लेख छ ।
प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइएको तथा दक्षिण एसियाको पहिलो सुरुङ मार्ग ‘चुरियामाई सुरुङमार्ग’ मर्मतकार्य सम्पन्न गरिएको, २ वटा सरकारी, १७६ वटा सामुदायिक तथा अन्य भवन निर्माण, ६ वटा पार्क निर्माण, जनता आवास कार्यक्रमअन्तर्गत २५५ वटा व्यक्तिगत आवास निर्माण भएको पनि जनाइएको छ ।