हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको ढाट समाजवादी युवा संघ मकवानपुरले बन्द गराएको छ । जसपा नेपाल निकट युवा संघले सो ढाट मंगलबार बन्द गराएको हो ।
हेटौंडा उप–महानगर वडा नम्बर १० बसपार्क पूर्व पश्चिम राजमार्ग अन्तर्गतमा रहेको ढाट नियम विपरीत रहेको साथै ढाटमा अनिमियतता भइरहेकोले, ढाटमा तालाबन्दी गरेको अध्यक्ष विवेक घलानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा के कस्ता अनियमितता भएको हो भन्ने बारेमा भने केही उल्लेख गरिएको छैन ।