सुन तस्करी छानबिन गर्न जाँचबुझ आयोग गठन

Nigarani Online 433+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आयोगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने छ । आयोगलाई तीन महिना समय दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार